प्रमुख सचेतकहरुसँग छलफल गर्दै प्रधानमन्त्री

प्रमुख सचेतकहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दैछन् ।
छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुनेछ ।

प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।