जिप दुर्घटनामा एकको मृत्यू, ५ घाइते

जिप दुर्घटनामा एकको मृत्यू, ५ घाइते

बझाङ : बझाङमा जिप दुर्घटना भएको छ । आज  दिउंसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यू भएको छ भने पाँच जना यात्रु घाइते भएका छन ।

जन्तीबोकेर खप्तडछान्ना गाउंपालिकाबाट जयपृथ्वी नगरपालिका तर्फ आउदै गरेको से १ ज ७१८ नंको उक्त जिप दिउंसो चार बजे तिर दुर्घटना भएको थियो ।खप्तड छान्ना गाउंपालिका २ निम भन्ने ठाउमा भएको उक्त दुर्घटनामा सोही गाउपालिकाका वर्षिय ७१ बासुदेव जोशीको घटनास्थलमै ज्यान गएको र १ जनाको अवश्था गम्भिर अन्य ४ घाईते रहेको प्रहरीले जनाएको छ ।

पानी परिरहेको बेला गुडिरहेको जिप सडकबाट चिप्लिएर दुर्घटना भएको स्थानियले बताएका छन । घाइतेको उद्धारकार्यमा डिएसपी सहितको प्रहरी टोली र स्थानियहरु खटिएका छन । दुर्घटनाको बारेमा अनुसन्धान गर्ने काम भैरहेको डिएसपी सुर्यबहादुर केसीले जानकारी दिएका छन ।