स्थानीयले अवैध हतियार बुझाए

स्थानीयले अवैध हतियार बुझाए

रुकुम : रुकुम पुर्वका बिभिन्न ठाँउमा अवैध रुपमा राखिएका ५६ नाल हतियार भरुवा बन्दुक प्रहरीले संकलन गरेको छ ।जिल्लाको पुथाउत्तरगंगा गाँउपालिका वडा नं १,२,३,४,८,१०,१२ र १४ बाट स्थानीयले अवैध रुपमा राखेका हतियार प्रहरीको आग्रहमा बुझाइएको हो ।

यसै गरी भुमे गाँउपालिकाको वडा नं ३ र सिस्ने गाँउपालिकाको वडा नं १ र २ बाट पनि हतियार संकलन गरिएको हो । गृहमन्त्रालयको सुचना र जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वको अनुरोधमा स्थानीयले हतियार बुझाएको प्रहरी नायव उपरिक्षक योगेन्द्र खड्काले बताए ।

स्थानीयको घरमा गएर प्रहरीले हतियार संकलन गरेको हो । बन तथा बन्य जन्तुको संरक्षण र अपराधिक घटना न्युनिकरणका लागी अवैध हतियार संकलन अभियानले टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बिश्वास व्यक्त गरे।

अझै पनि हतियार हुने सक्ने भएकोले स्थानीयबाट अवैध हतियार संकलन गर्ने अभियान जारी राखेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ । गत मंसिर १२ गते ५५ नाल अवैध हतियार स्थानीयले प्रशासनलाई बुझाएका थिए । यो संगै १११ नाल अवैध हतियार प्रहरीले संकलन गरेको छ ।