घोडाघोडीका नगर उप प्रमुखको घरमा आगलागी

घोडाघोडीका नगर उप प्रमुखको घरमा आगलागी

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा एक घरमा आगलागी भएको छ ।  घोडाघोडी नगरपालिकाका नगर उप प्रमुख प्रेम कुमारी थापाको घरमा आईतबार बिहान ९ बजे तिर आगलागी भएको हो।

कच्ची घरमा लागेको आगो लाई स्थानियहरुले नियन्त्रणमा लिएका थिए । स्थानियले घरमा आगो घुवाँ निस्केको थाहा पाए पछि स्थानिय बासीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिएका थिए ।

घर खाली रहेकोले कुनै क्षति भने नभएको स्थानियहरुको भनाई छ ।आगलागीको कारण अझै खुल्न सकेको छैन् । नगर उपप्रमुख थापा भने घर भाडामा लिएर बस्दै आउनु भएको छ ।