वैशाख ९ गते जिल्ला कमिटी निर्माण र घोषणाः प्रचण्ड

वैशाख ९ गते जिल्ला कमिटी निर्माण र घोषणाः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वैशाख ९ गते नै पार्टीको सम्पूर्ण एकता प्रक्रिया टुंग्याइने बताएका छन् ।

आइतवार राष्ट्रिय सभामा आयोजित ७० औं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै उनले वैशाख ९ गते नै पार्टीको सम्पूर्ण एकता भएको घोषणा गर्ने तयारी भइरहेको बताए ।

’हामी दुई अध्यक्षले सल्लाह गरेका छौं, पार्टी एकताका लागि आज दिनभरी बालुवाटारभित्रै दुईजना कमरेडलाई खटाएका छौं,’ अध्यक्ष प्रचण्डले भने, ’हामीले पार्टी एकता विधि विधान र सिद्धान्तमा टेकेर गर्दैछौं ।

व्यक्तिको मुख हेरेर अब साध्य छैन । बेलुका ५ बजे पुनः दुई अध्यक्षको बैठक हुन्छ त्यसपछि ६ बजे पार्टी सचिवालयको बैठक बस्ने कार्यक्रम छ ।’ अध्यक्ष प्रचण्डले तीन महिनामै पार्टीको सम्पूर्ण एकताप्रक्रिया टुंग्याउने भन्ने सहमति भएको भएपनि विविध कारणले एक वर्षसम्म लागेको बताए ।

’यो एक वर्षको सरकारको र पार्टीको समीक्षा गर्ने प्रक्रियामा छौं हामी,’ प्रचण्डले भने, ’जनताले निर्वाचनमार्फत दुई पार्टीको एकता अनुमोदन गरेका छन, त्यही कारणले हामी अहिले दुईतिहाइ बहुमतका साथ सरकारमा छौं ।’