प्रदेश ७ को राजधानी दिपायल किन ? यस्ता छन् पाँच करण

प्रदेश ७ को राजधानी दिपायल किन ? यस्ता छन् पाँच करण

राजधानी दिपायल माग्दै धनगढीमा प्रदर्शन गर्दै डोटीका बासिन्दा ।

धनगढी : प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै विगतमा ६४ दिन आन्दोलन हुदा पनि तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी धनगढीलाई तोक्यो ।

अहिले प्रदेश सभामा प्रदेशको नाम र राजधानीबारे प्रक्रिया सुरु भएसगै फेरि डोटीका बासिन्दा राजधानी माग्दै धनगढी पुगेका छन ।

डोटी राजधानी किन माग्दैछन त उनीहरु ? प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै स्थापनार्थ गठित सङघर्ष समितिका अनुसार प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने कारण निम्न छन : 

नेपालको सर्वाङ्गिण विकास एकात्मक तथा केन्द्रिकृत शासन प्रणालीबाट हुन नसकेकोले संघिय प्रणाली स्थापना गरियो । संघिय प्रणालीमा सिंहदरबारमा सिमित अधिकारलाई स्थानीय तह मार्फत गाउँघरमा पु¥याइएको छ साथै स्थानीय तहलाई बढी अधिकार सम्पन्न र सक्षम बनाई जनतालाई राज्यले प्रदान गर्ने सम्पूर्ण सेवा सुविधाहरुमा सबैको समान पहुँच हुनेछ ।

दुरदराजमा विकासको फलबाट बंचित दुर्गम क्षेत्रहरुलाई विशेष क्षेत्र घोषणा गरी राज्यका सम्पूर्ण सेवा सुविधा निर्वाध रुपमा पु¥याइने छ ।

जनताको आवाजको पूर्ण कदर हुनेछ भन्ने उद्घोषण जनआन्दोलनमा र सदनमा घन्किएको आवाजहरु अहिले पनि जन मस्तिष्कमा ताजै छन् । राज्यको पुनः संरचनाको बखतमा क्षेत्रको ऐतिहासिकता भौगोलिकता भाषिक तथा सांस्कृतिक महत्व र पहाडमा भएका जनसंख्याको स्थितिलाई ध्यानमा राखी प्रदेशको निर्माण र प्रादेशिक राजधानी बैज्ञानिक तबरले घोषणा गर्ने प्रतिबद्धता अनुरुप ७ नं. प्रदेशको भौगोलिक दृष्टिकोणले ९ वटै जिल्लाको मध्य भागमा पर्ने बाईसे चौबिसे राज्य देखि नै महत्वपूर्ण केन्द्रको रुपमा रही लोकतन्त्र स्थापना सम्म प्रत्येक कालखण्डको शासन प्रणालीमा प्रशासकिय दृष्टिकोणले क्षेत्रीय प्रशासकीय केन्द्रको रुपमा रहेको र लोकतन्त्रको स्थापना पछि पनि उच्च अदालत र प्रहरीको स.प्र.अ.म.नि. (ए.आई.जी) को समेत व्यवस्था गरी करिब करिव प्रदेशको राजधानी हुने पक्का जस्तै भईसकेको परिप्रेक्ष्यमा प्रदेश नं. ७ को राजधानी दिपायल हुने कुरामा ढुक्क हुनु स्वाभाविकै थियो ।

सुदूरपश्चिमका जनता ७ नं. प्रदेशको राजधानी दिपायलमा हुने कुरामा प्राय निश्चित थिए । तर प्रदेशको राजधानीको पूर्वाधारको निरिक्षणमा आएको टोलीले ७ वटै प्रदेशको बैकल्पिक राजधानीको नाम समेत समावेश गरेपछि यहाँका सम्मुनत नेपालको परिकल्पना गरी बसेका जनताको मनमा षड्यन्त्रको आभाष हुन थालेपछि अघिको अखण्ड सुदूरपश्चिमलाई खण्डित गर्ने कार्यको विरुद्ध अनवरत आन्दोलमा बसेका जनताले फेरी आन्दोलन शुरु गरे ।

यातायात, विद्यालय, कार्यालय  तथा सम्पूर्ण डोटी ठप्प गरि गाउँ गाउँबाट महिलाको बढी प्रतिनिधित्व हुने गरी सबै किसान, मजदुर, राजनितिक दल, शिक्षक, कर्मचारी, उद्योग वाणिज्य संघ, विद्यार्थी, उद्योगी, व्यापारी लगायत सम्पूर्ण डोटेली बासीले डोटी ठप्प पारे । सरकारको प्रदेशको राजधानी तोक्ने निर्णय सम्म पर्खनु पर्छ ।

यो आउने निर्णयको र बैकल्पिक सुझावले उब्जाएको आक्रोस थियो भनि केही दिन आन्दोन शान्त भएपछि माघ ३ गते सरकारको अदुरदर्शी अवैज्ञानिक हचुवा निर्णयले डोटीको वि.सं. १४२० साल  निरयपाल देवको पालादेखिको राजधानीको रुपमा रहेको डोटीको गौरवमय ६५४ वर्षे इतिहास माथि बज्र प्रहार भयो । डोटी र सुदूरपश्चिमका पहाडी जिल्लाका समृद्ध नेपालको आशामा बसेका जनताका मनमा तुषारापात भयो ।

फेरी सम्पूर्ण राजनीतिक दल उद्योग वाणिज्य संघ, किसान मदजुर, शिक्षक, कर्मचारी, विद्यार्थी व्यापारी आदि सडकमा उत्रिन बाध्य भई थेरै दिन सम्म डोटी ठप्प रह्यो तर राष्ट्रिय सभाको सदस्य निर्वाचन हुने र मनोनयन पत्र उच्च अदालत रहेको जिल्ला सदरमुकामका जिल्ला अदालतमा दाखिला गर्नु पर्ने र निर्वाचन गर्नु पर्ने भएकोले आन्दोलनको स्वरुप परिवर्तन गरी धर्ना ,कोणसभा आदि गरी आन्दोलन जारी राखे ।

प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशका माननीय सासंदज्युहरुमा निहित भएकोले सुदूरपश्चिमका जनताले आफ्नो अमूल्यमत प्रदान गरी विजयी गराएका प्रदेशका माननीय सांसद ज्यूहरुमा इतिहासमा पहिलो पटक प्रदेशको राजधानी तोक्ने ऐतिहासिक जिम्मेवारी आएकाले अलिकति शान्तिको श्वास लिई माननीय सांसद ज्यूहरुको अनुहारमा आशाका किरण खोजि राखेका छन् । डोटी राज्यको गौरव डोटेली सभ्यता र डोटेली भाषाबाट परिचित सुदूरपश्चिमको सांस्कृतिक महत्व र पहाडी जिल्लाको प्रदेशको प्रस्तावित राजधानी धनगढी जान कति समय लाग्छ भन्ने कुरा विवेकशील जनप्रतिनिधि ज्यूमा अवगत नै छ  । राज्यको पुनः संरचनामा प्रोदेशिक विभाजन र प्रदेशको राजधानी तोक्ने कार्यमा केहि विश्व्यापी मान्यता र सिद्धान्तहरु छन् ।  

साना साना गल्तीले प्रदेशको राजधानी तोक्दा निकै अस्थिरता उत्पन्न भएको इतिहास साक्षी छ । हाम्रै देशमा पनि जिल्लाको सदरमुकाम तोकिदा घटेका अप्रिय घटना ताजै छन् । राज्यको पुनः संरचनामा प्रदेश र प्रदेशको स्थायी राजधानी तोक्दा विचार पु¥याउनु पर्ने विश्वव्यापी मान्यता तथा सिद्धान्तहरु

१. भौगोलिक अनुकुलता र दुरी
२. ऐतिहासिक गौरव तथा तथ्य 
३. भाषिक तथा सांस्कृतिक पहिचान
४. पहाडी क्षेत्रको जनसंख्या
५. भौतिक पूर्वाधार
६. सुरक्षा तथा सामरिक महत्व

उल्लेखित मान्यता र सिद्धान्तका आधारमा ७ नं. प्रदेशको राजधानी दिपायल हुनुको विकल्प छैन र इतिहासमा यस्ता निर्णय गर्न सौभाग्य शताब्दीमा एक पटक प्राप्त हुने अवसरलाई जनताका माझमा खारिएर आएका, लामो ऐतिहासिक तथ्यको अवगत भएका विवेकशील माननीय सांसद ज्यूहरुले सरकारद्वारा गरिएको ऐतिहासिक त्रुटीलाई अवश्य सच्याउनु हुनेछ   ।

प्रदेशको राजधानी तोक्न विभिन्न दृष्टिकोणले उपयुक्त हुँदा हुँदै पनि क्षणिक व्यक्तिको राजनितिक अभिष्ट पुरा गर्नका लागि पहाडका व्यक्तिले त्यति लामो दुरी पार गरी सु.प.को पुछारमा रहेको धनगढीमा जानु पर्ने कुनै कारणै थिएन ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय जडीबुटीको भण्डार पहाडलाई शुन्य पारी तराईतिर बस्ती सर्ने सम्भावना न्यून गर्ने अवस्था देखा पर्न थालेको परिप्रेक्ष्यमा फेरी प्रदेशको राजधानी धनगढी हुने घोषणा हुनुले पहाड शुन्य भई धनगढीका उब्जाउ फाँट कंक्रिटको जंगलमामा परिणत हुने अवस्था देखिन थालेको छ । संघियतामा जनतलाई सेवा सुविधा सर्व सुलभ र छिटो छरितो पुगोस र राजधानीमा सबैको पहुच समान रुपले प्रदान गर्न राज्यको बिच पर्ने ठाउँमा हुनु स्वभाविक छ ।

भौतिक पूर्वाधार र सुविधा भएका ठाउँमा मानिसको बसाई सराई छिटो छिटो हुने हुँदा पहिले कालापानी नयाँ मुलुकको रुपमा चिनिएको धनगढी एक दशकको बिचमा पहाडका जिल्लाको जनसंख्या भन्दा बढी हुन थालेको छ । जनसंख्याको बसाई सराईको गतिलाई रोक्न र क्षेत्रफलका दृष्टिले सबै जिल्लाको बिचमा पर्ने डोटी सबै किसिमबाट प्रदेश नं. ७ को राजधानी हुनुमा दुई मत छैन ।

१. भौगोलिक अनुकुलता र दुरीः 

भौगोलिक दृष्टिकोणले डोटी जिल्लाको पूर्वमा अछाम पश्चिम डडेल्धुरा बैतडी उत्तरमा बझाङ्ग बाजुरा र दक्षिणमा कैलाली र सुर्खेतसँग जोडिएको छ । पहाडी जिल्लाहरु र तराईका जिल्लाको बिचमा अवस्थित सुदूरपश्चिमको अद्वितीय सौन्दर्यले भरिपूर्ण भुस्वर्गको नामले बोलाईने अति पवित्र धार्मिक स्थल खप्तड पनि डोटी, अछाम, बझाङ्ग र बाजुरा जिल्लाको शिरताजको रुपमा  रहेको छ ।

भौगोलिक अनुकुलता र जनसंख्याको सम्बन्धमा कुरा गर्दा शहरमा प्रायः सुविधा र पहाडी क्षेत्रमा विकासको प्रकाश पुग्न नसक्दा गाउँहरु तिब्र गतिमा खाली गरी शहरतिर बसाई सराईको गति बढेको छ । पहाड तिर पूर्वाधार सेवा सुविधा समयमा पुग्न नसकि भएका अवसरबाट पनि बन्चित गरिने हो भने पहाडी जिल्ला खाली भई तराई तिर बसाई सराईको गति अझ तिब्र रुपमा बढ्ने खतरा टड्कारो रुपमा देखिन थालेको छ ।

अहिले सम्म त पहाडको सात जिल्लाको जनसंख्या जोडदा तराइ भन्दा वढि छ तर जनसंख्यालाई मात्र आधार मान्ने हो भने तराईको एउटै जिल्ला पहाडका सबै जिल्लाको जनसंख्याको भन्दा बढी हुन जानेछ । पहिले बस्न डर लाग्ने कालो पानी भनिने कैलालीको जनसंख्या बृद्धि भएर ७७४७०९ र कंचनपुरको जनसंख्या ४५१२४८ (सन २०११ को जनगणनानुसार) छ ।

अझ तराईको धनगढीमा राजधानी भएमा पहाडबाट बसाई सराई गर्ने क्रम झन तिब्र गतिमा बढ्ने छ । दुई किसिमवाट पहाडका बासिन्दाले दूर्भाग्य व्यहोर्नु पर्नेछ । प्रदेश नं ७ का ९ वटा जिल्लाबाट ५० देखि १ सय किलोमिटरको दुरी रहेको छ ।

क) तराई बसोबास गर्ने व्यक्ति स्वभावत बढी शिक्षाको अवसर प्राप्त गरेका र आर्थिक सम्पन्नताले गर्दा आफ्नो पहाडको जन्मेको थलोमा राजनीति गर्न अग्रसर हुने छन र त्यसमा पनि पहाडका जनता आफ्नो त्यसै ठाउँका बासिन्दा मध्येवाट प्रतिनिधि छान्नबाट बन्चित हुनेछन ।

ख) प्रादेशिक सेवा प्रदान गर्ने जस्तै ठूला प्रादेशिक अस्पताल, विद्यालय अन्य ठूला कार्यक्रम संचालन गर्न आफूले प्रतिनिधित्व गरेको क्षेत्र भन्दा पनि आफू र आफ्ना बालबच्चाहरुले बसोबास गरेको तराईमा ती कार्यक्रमहरु संचालन गर्न लालायित हुनेछन् । यसरी प्रतिनिधित्वको दृष्टिकोणले पनि बन्चित रहने र विकासको फलबाट पनि बन्चित रहने तिता सत्यको इतिहास साक्षी छ । जनतालाई सेवा सुविधा समान रुपले प्रदान गर्ने उद्देश्यले स्थापना भएका संघिय लोकतान्त्रिक गणतन्त्र राज्यमा जनतालाई पायक पर्ने ठाउँमा प्रदेशको राजधानी तोकिनु पर्छ ।

२. ऐतिहासिक गौरव तथा तथ्य :

डोटी राज्यको स्थापना ठ्याक्कै भएको तिथी मिति सम्बन्धमा इतिहास विदहरु एकमत हुन नसके पनि शिखर नगरपालिका वडा नं. ७ उजेली गाउँको देवलको शिलालेख, उजेली गाउँ कासीरामको घरमा रहेको निरयपाल देवको ताम्रपत्र, बानेडुग्रीसैन र वैरकोटमा रहेको ताम्रपत्रमा श्री शाके १२८५ वि.सं. १४२० मास मार्ग १६ गते राजाधिराज, निरयपाल देव चिर जयतु देवल चढायाँ भन्ने वाक्य आजभन्दा ६५४ वर्ष पहिले देखि अछाममा जोगी भेषमा रहेका नागमल्ल उनका सन्तान युवराज रिपुमल्लको पालादेखि पहिले अजयमेरकोट र पछि कुमाउँ गढवालसँगको युद्धपछि डोटीको दिपायल गनरी गौँडामा राजधानी सरेको ऐतिहासिक तथ्यले डोटी राज्यको स्थापनासँग डोटी दिपायल गनरी गौँडामा हाम्रा पुर्खाको गौरवमय इतिहास डोटीमा गाईने लोकगीत, भारती भणा र लोक साहित्य   जनजिब्रोमा जिवित छ ।

प्रभावशाली डोटी राज्यको फैलावट पश्चिममा काली कुमाउँ पूर्वमा कर्णाली उत्तरमा ठाकुरजी देखि दक्षिणमा तराई सम्म फैलिएको थियो । यत्रो विशाल शक्तिशाली राज्य हुँदा खेरी पनि डोटी दिपायल राजधानी बनाई  प्रभावशाली तथा शक्तिशाली डोटी राज्यको नामले शासन व्यवस्था संचालन गरेको ऐतिहासिक तथ्यहरु ताम्रपत्र, शिलालेख, लोकगीतमा अहिले पनि यत्रतत्र सर्वत्र जनजिब्रोमा समेत जिवित छ ।

नेपालको एकिकरण पछि डोटी पश्चिमी किल्लाको रुपमा स्थापना गरिएको थियो । डोटीको सिलगढीमा ठूलो किल्ला निर्माण गरिएको थियो । राणाको उदय भए पछि पनि डोटीलाई पाल्पा पछिको पश्चिमी गौडाको रुपमा स्थापित गरी पश्चिमी जनरल कमाण्डर (प.ज.क) को दरवन्दीमा डोटी गौडामा जनरल बस्ने गरिएको थियो । न्यायिक र प्रशासनिक दृष्टिकोणले पाल्पा क्षेत्रपछि सबै कार्य डोटी गौडाबाट हुने गथ्र्याे । २००७ सालको प्रजातन्त्र प्राप्ती पछि डोटी प्रदेश घोषित गरि त्यसको राजधानी डोटीमा राखी गभरनर (प्रदेश प्रमुख) को व्यवस्था गरिएको थियो ।

पञ्चायतकालमा पनि ५ वटा विकास क्षेत्रको स्थापना गर्ने क्रममा २०३७ सालमा डोटीको दिपायलको राजपुरमा ठूलो क्षेत्रफलको उब्जाउ जग्गा अधिकरण गरि त्यांहा बसोवास गरेको घर कटेराहरु उठाइ क्षेत्रीय निर्देशनालय स्थापना गरिएको कुरा सबै माननीय सांसद ज्यूहरुमा अवगतै छ ।

संघिय लोकतान्त्रीक स्थापना पछि पनि दिपायलमा नै उच्च न्यायालय र प्रहरीको स.प्र.अ.नि.(ए.आइ.जी) को व्यवस्था गरिदा जनतामा ७नम्बर प्रदेशको राजधानी पनि दिपायलमै हुने कुरामा सबै ढुक्क भइसकेका थिए ।

यति लामो ६५४ वर्षको ऐतिहासिक पर्मपरा र सबै जिल्लाको विचमा पर्ने ठाउ दिपायलमा राजधानी नराखि सबै जिल्लाको पुछारमा पर्ने  जहाँ औधोगिक विकास , कृषिमा नयाँ प्रविधी अपनाई अन्नको भण्डारको रुपमा चिनियको तराइमा कृषि जन्य उद्योग धन्दा स्थापनागरि नेपाल कृषि प्रधान देश भन्ने कुरालाई चरितार्थ  गर्न, तराइको फाँट कंक्रिटमा परिणत हुनबाट बचाउन डोटीको दिपायलमा पर्मपरा देखि चलिआएको ठाउँमा प्रदेशको राजधानी बन्नुको विकल्प छैन ।

३. भाषिक तथा सांस्कृतिक पहिचान :

संघियतामा भाषिक पहिचानको ठूलो महत्व हुन्छ । भाषा तथा संस्कृतिको संरक्षण एवं सम्वर्धन गरिनु पर्छ । संस्कृति र सभ्यता नासिएमा ठुला ठूला राज्यहरुमा आएका समस्याका उदाहरणहरु छन् । सास्कृतिक विदहरुको भनाइछकी राजनीतिक व्यवस्था परिवर्तन भएमा अर्को व्यवस्था आउँछ तर संस्कृति र सभ्यता मासिएमा अर्को संस्कृति र सभ्यता फर्केर आउदैन ।

डोटेली भाषा र डोटेली सभ्यताको आप्mनै पहिचान र महत्व छ । यसको साहित्यिक महत्व र लोकगीतमा समेटिएका धार्मिक तथा ऐतिहासिक तथ्य अन्य भाषका लोक साहित्यमा बिरलै पाईन्छ । नेपाली भाषाका उद्गम स्थल सु.प. नै हो भन्नेकुरामा भाषा विदको एकमत छ र डोटेली भाषा नेपाली भाषाको माउ अर्थात जननी हो । भविष्यमा यसको खोजी हुनेछ ।

राजधानी छनौट गर्दा भाषा संस्कृतिको ख्याल त्यसको जनघनत्व र क्षेत्रको अनिवार्य रुपमा बिचार गर्नु पर्छ । भाषा संस्कृतिको जन घनत्वको पनि विचार पुर्याउनु पर्छ । सानो समुहको संस्कृति भएको क्षेत्रमा सारे धेरै खतरा उत्पन्न हुन्छ ।

४. पहाडी क्षेत्रको जनसंख्या :

 अहिले तराइको जनसंख्या पहाडको जनसंख्या केहि बढि भएपनि पहाडी क्षेत्रको जनसंख्यालाई ध्यानमा राखी राजधानी निर्धारणमा बिचार पु¥याउनु पर्छ ।

७ जिल्ला माथिको पहाडको क्षेत्रफल १४७०६ वर्ग किलोमिटर छ र जनसंख्या घटेर पहाडका सातै जिल्लाको जनसंख्या १३,२५५६० छ भने तराईका दुवै जिल्लाको क्षेत्रफल ४८४५ वर्ग कि.मि. छ  भने जनसंख्या तराइका दुवै जिल्लाको १२२६९५७ छ यो क्रम बढ्दै गएमा भविष्यमा पहाडको जनसंख्या न्यून हुन सक्छ ।

समयमा नै बिचार पु¥याई पहाडलाई यस्ता अवसरबाट बन्चित गरिनु हुँदैन । राजधानी जस्तो अवसर प्रदान गरिनु पर्छ ।

५. भौतिक पूर्वाधार :

सुदूरपश्चिमको क्षेत्रीय विकास क्षेत्रको रुपमा सेवा प्रदान गर्दै आएको दिपायलमा आवश्यकता अनुसारको क्षेत्रीय निर्देशनालय निर्माण भई सकेका र नगरविकासको विशाल सभाहल समेत निर्माण भई सकेको अवस्थामा धनगढीमा सवै पूर्वाधार नयाँ निर्माण गर्नु पर्ने अवस्था छ ।

जग्गा अधिकरण भवनहरु निर्माण सम्बन्धि कार्यले दिपायलमा भएका पूर्वाधारले निकै ठूलो धनराशीको बचत हुने थियो । दिपायलमा क्षेत्रीय सदरमुकाम हुने बखतमा जनताले खुसीले आफ्नो घर जग्गा प्रदान गरि उक्त कार्य सफल पारेका थिए । क्षेत्रीय कार्यालय र कर्मचारीहरुलाई सेवा पु¥याउन निर्माण भएका सहयोगी संरचना सब निर्जन हुने भए ।

कार्यालयहरु र त्यसको आधारमा निर्माण गरिएका संरचना पनि बाझो हुन पुग्ने लक्षण देखिन्छ । एकातिर संघियताको खर्च धान्न सकिन्छ कि सकिन्न भन्ने शंका उपशंका उब्जेको बेला भएका संरचना छोडी नयाँ ठाउँमा सबै संरचना बनाउनु पर्दा कति ठूलो आर्थिक भार व्यहोर्नु पर्नेछ भन्ने कुराको सजिलै अनुमान गर्न सकिन्छ ।

६. सुरक्षा तथा सामरिक महत्व :

कुनै पनि राष्ट्रको राजधानी होस या प्रदेशको राजधानी होस राज्यको सिमानामा सुरक्षाको दृष्टिकोणले राखिनु हुन्न । इतिहास र भुगोललाई भुलेर सतही रुपमा राजधानी तह भएमा पुनः वाईसे चौबिसे राज्यमा बिभाजन हुने सम्भावना रहन्छ । नेपाल चिन बिच सन् १९६० मा सम्झौता भई सुरक्षा सम्बेदनशिल क्षेत्र निति अवलम्बन भएको छ ।

जस अनुसार नेपाल —चिन सिमा दुरी २० किलो मिटर सेना प्रवेश नगर्ने तथा सामरिक संरचना नबनाउने कुरा स्पष्ट छ । भारत तथा नेपाल तर्फ पनि दशगजा क्षेत्रबाट ८ किलो मिटर भित्र कुनैपनि सामरिक संरचना बनाउन नपाउने कुरा उल्लेख छ ।  

अति महत्वपूर्ण व्यक्तिको सुरक्षा र संवेदनशील पदमा बसेका व्यक्तिलाई जति सिमानामा सुरक्षाको खाँचो हुन्छ, पहाडी जिल्लामा त्यति हुँदैन किन कि अपराधीक कृयाकलाप पछि छिटो सिमाना पार गर्न सजिलो र सम्भव हुन्छ । त्यसैले सुरक्षामा पनि बढी खर्च गरिनु पनि राज्यलाई भार हो ।

विभिन्न दृष्टिकोणले डोटीको दिपायल नै प्रदेश नं. ७ को राजधानीको लागि उपयुक्त भएकोले प्रदेश सभाका माननीय सांसद ज्यूहरुले दुर्गम दुर दराजका कामले राजधानीमा आउनु पर्ने जनताको अवस्था, भौगोलिक मध्यता, प्राचिन ऐतिहासिक तथ्य सांस्कृतिक सभ्यताको संरक्षण सम्बर्धन सुरक्षाको स्थितिको साथै दिनानु दिन गाउँ नै शुन्य गरी विदेशिएका पहाडमा यूवाहरु बेरोजगारीको समस्या, तराईतिर भई रहेको बसाई सराईको तिब्रतालाई रोक्न भौीतक पूर्वाधार निर्माण भई सेवा प्रदान गरी राखेको स्थान भएकोले स्थायी राजधानी दिपायलमा कायम राखी दिने ऐतिहासिक दायित्व र पूण्यको कार्यको लागि डोटेली तथा पहाडका निवासी जनताको बिनम्र अनुरोध छ ।