विशेष

फाईनल प्रवेशका लागि बुधबार रेडियो धनगढी र पश्चिम टुडे तथा एसटिएस र बी टिभि भिड्ने     |     गाँउपालिकाको कार्यालयमा राखिएको बम नेपाल आर्मीद्वारा निष्क्रिय     |     अन्तराष्ट्रीय कराँते प्रतियोगिताको तयारी अन्तीम चरणमा, विभिन्न देशका खेलाडी धनगढी पुग्ने क्रम जारी     |     महिला हिंसाका उजुरी घटे     |     काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने मन्त्री पण्डितको चेतावनी     |     अनियमितता अन्त्य गर्न नगरपालिका सहमत भएसँगै खुल्यो ताला     |     आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, प्राथमिकता र प्रमुख नीतिबारे छलफल प्रारम्भ     |     मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो     |    

दोस्रो हङकङ-नेपाल ट्रेड फेयर अप्रिल २७ देखि

खवर संवाददाता    

दोस्रो हङकङ-नेपाल ट्रेड फेयर अप्रिल २७ देखि

हङकङमा दोस्रो पटक हङकङ नेपाल ट्रेड फेयर २०१९  हुने भएको छ। यही अप्रिल २७ देखि ३० सम्म हङकङको वाङचाइमा हङकङ नेपाल ट्रेड फेयर हुन लागेको हो।

हङकङ नेपाल ट्रेड फेयर ट्रेड डेभलपमेन्ट काउन्सिलको आयोजनामा हुन लागेको फेयरलाई हङकङस्थित महावाणिज्य दुतावास, हङकङ नेपाल ब्यापार संघ र द गोर्खाज ग्रुप च्यारिटी फाउन्डेसनले साथ दिने भएका छन् ।

फेयरमा ५० हजारले अवलोकन गर्ने लक्ष्य आयोजकहरुले लिएका छन् । विशेषगरी फेयरमा नेपालका जडिबुटी र ह्यान्डीकाफ्ट साम्रगीहरुको प्रमोशन गरिने हङकङ नेपाल वाणिज्य संघका अध्यक्ष प्रकाश पुनले बताए।

साथै फेयरमा भिजिट नेपाल ट्वान्टी ट्वाटीलाई समेत मध्यजनर गरेर आयोजकहरुले स्टल राख्ने भएका छन् । 'कसरी हङकङका मानिसहरुलाई नेपाल घुमाउन ल्याउने त्यस विषयमा पनि हामी प्रचार प्रसार गर्छौं,' पुनले भने ।पहिलो हङकङ-नेपाल ट्रेड फेयर २०१७ मा भएको थियो। 



आइतबार ०८, बैशाख २०७६ ०४:४० मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस