विशेष

फाईनल प्रवेशका लागि बुधबार रेडियो धनगढी र पश्चिम टुडे तथा एसटिएस र बी टिभि भिड्ने     |     गाँउपालिकाको कार्यालयमा राखिएको बम नेपाल आर्मीद्वारा निष्क्रिय     |     अन्तराष्ट्रीय कराँते प्रतियोगिताको तयारी अन्तीम चरणमा, विभिन्न देशका खेलाडी धनगढी पुग्ने क्रम जारी     |     महिला हिंसाका उजुरी घटे     |     काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने मन्त्री पण्डितको चेतावनी     |     अनियमितता अन्त्य गर्न नगरपालिका सहमत भएसँगै खुल्यो ताला     |     आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, प्राथमिकता र प्रमुख नीतिबारे छलफल प्रारम्भ     |     मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो     |    

शेयरबजार झण्डै ३२ अंकले बढ्यो: १ अर्ब बढीको कारोबार

धनगढी खबर    

शेयरबजार झण्डै ३२ अंकले बढ्यो: १ अर्ब बढीको कारोबार

आइतबार शेयर बजार झण्डै ३२ अंकले बढेको छ । हप्ताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३१ दशमलव ८९ अंकले बढेर १२ सय ६४ विन्दु नाघेको छ ।

कारोबार रकम पनि १ अर्ब नाघेको छ । आइतबार १ अर्ब २ करोड ४ लाख ३३ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

निर्जीवन र उत्पादन समूह बाहेकका सबै समूहको परिसूचक उकालो लागेका दिन आइतबार सबैभन्दा धेरै बैँक समूहको परिसूचक झण्डै ४६ अंकले बढेको छ । यस्तै, होटल समूह झण्डै ३५, लघुवित्त झण्डै २७, जीवन बीमा २२, विकास बैंक झण्डै १७, अन्य समूह झण्डै १० अंकले बढेको नेप्सेले जनाएको छ ।

त्यसैगरी उत्पादन समूह झण्डै १२ अंक र निर्जीवन बीमा समूह ७ अंक भन्दा बढीले घटेको छ ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र स्वदेशी लघुवित्त कम्पनीका लगानीकर्ताले आइतबार झण्डै १० प्रतिशत नाफा कमाएका छन् भने नेपाल बैक लिमिटेडको शेयर १४ करोड, ८० लाखभन्दा धेरैको कारोबार भएको छ । 



आइतबार ०८, बैशाख २०७६ ०४:३४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस