मेला हेर्न बाट गहुँबाली नष्ट

मेला हेर्न बाट गहुँबाली नष्ट

बझाङ : छब्बीस पाथिभेरा गाउँपालिकामा लाग्ने चैतली मेला हेर्न आउने दर्शकले लगाएको गहुँबाली नष्ट पारिदिएपछि पाक्नै लागेको गहुँ बाली काटेर पशु चौपायालाई दिनु परेको स्थानीयले बताएका छन् । यहाँको संस्कृतिअनुसार मेलाका दिनमा काँकर लिंगो ल्याउँदा बीच खेतबाट लिने प्रचलन रहेको छ ।

खेतबारीमा काँकर ल्याउँदा लगाएको गहुँबाली सधैंका वर्षझंै यो वर्ष पनि नष्ट भएको स्थानीय गंगा सिंहले बताइन् । विगतका वर्षमाजस्तै यो वर्ष पनि तोल्यानीका बासिन्दाले आफ्नो खेतबारीमा लगाएको गहुँबाली भित्र्याउन नपाएको गुनासो गरे । लगाएको गहुँ बाली सबै नष्ट भएको उनीहरूको भनाइ छ ।

परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवी प्रकट भई महिसासुरको बध गरेको खुसियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको पौराणिक कथन छ ।

होली पूणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमासम्म लाग्ने गर्दछ । सुर्मादेवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतीकका रूपमा चैते औंसीका दिन काटेको काँकर ९लिंगो०लाई शुक्ल त्रियोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । खेतबारीमा गहुँ बाली भए पनि परापूर्वकालदेखि नै यसरी यो पर्व मनाइँदै आएको स्थानीय बुद्धिजीवी विराटसिंह

कठायतको बताए । यसरी काँकर ल्याउँदा नष्ट भएको गहुँ स्थानीयले काटेर अहिले पशु चौपायालाई आहाराका रूपमा दिने गर्दछन् ।

झन्डै ३० मिटर लामो काँकरलाई मानिसहरूले समाएर गहुँ बाली लगाएको खेतबारीमा झन्डै साढे ३ सय मिटर जति हिँडाउने गरिन्छ । त्यसरी हिँडाएर ल्याएको काँकरलाई बान्नी मष्टाको मन्दिरमा पूजाआजाका साथ चढाउने चलन छ । महिलाहरूले मागल गाँउदै काँकर भएको ठाँउपट्टि चामल फाल्दै काँकरलाई पुज्दै मन्दिरसम्म पु¥याइन्छ ।

खेतबारीमा लगाएको गहुँ बाली नष्ट नभई देउताले आफ्नो भाग लिएको यहाँका स्थानीयको भनाइ छ । अन्न बाली भिœयाउनका लागि भन्दा पनि देउताको नाममा उक्त लगाउने परम्परा रहेको स्थानीय मालती सिंहले बताइन् । उनले भनिन्, ‘खेतबारी बाँझो राख्दा देउतालाई सजाय तिर्नुपर्ने हुन्छ ।

जुन व्यक्तिले खेत बाँझै राख्यो उनको घरमा अनिष्ट हुने, देउता रिसाएर नराम्रो हुने अन्ध विश्वास यहाँका स्थानीयको छ ।’ काँकर ल्याउँदा बाँझो जमिनमा नै भाँचिने र ढल्ने भएका कारण सबैले अन्नबाली लगाउनै पर्ने परम्परा रहेको सिंहले बताइन् ।

खेतबारीमा यहाँका स्थानीयले अनिर्वाय गहुँबाली लगाउनै पर्ने परम्परा रही आएको रंगलाल सिंहले समेत बताए । खेतबारीमा गुहँबाली नलगाएको भए देउता रिसाउने र घरमा नरामो हुने, असिना पानीले गहुँ बाली नष्ट गर्ने भएकाले पनि अनिवार्य रूपमा अन्नबाली आफ्नो खेतबारीमा लगाउनै पर्ने परम्परा रही आएको छ । जुन व्यक्ति आफ्नो खेतबारीमा गहुँ लगाउँदैनन्, त्यो व्यक्तिले देउतालाई दण्ड राख्नुपर्ने चलनसमेत रहेको उनले बताए ।