कडा सुरक्षाका बीच बुटवलको एक कार्यक्रममा सम्बोधन गर्दैगर्दा प्रधामन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ।
बुटवलस्थित जितगढी विजयी उत्सवलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री ओलीलाई एक युवा कार्यक्रम स्थल प्रवेश गरी कालो झन्डा देखाएका हुन्।
उजिरसिंह जिन्दाबाद, हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतका नारा लगाउँदै कार्यक्रमस्थल प्रवेश गरेका अर्घाखाँचीका रुद्र घिमिरेले कार्यक्रमस्थलमा प्रधानमन्त्री कालो झन्डा देखाएका हुन्।
कार्यक्रमस्थल प्रवेश गरेर प्रधानमन्त्रीलाई कालो झन्डा देखाउदा समेत प्रहरीले केही जानकारी नपाएपछि प्रधानमन्त्रीले नै 'ऊ मलाई कालो झन्डा देखाईरहेको छ। तपाईंहरु के हेरेर बस्नु भएको छ?' भने पछि प्रहरीले उनलाई समातेको थियो।
ती युवाले प्रधानमन्त्रीले सम्बोधन सुरु भएपछि कालो झन्डा देखाएका थिए।
५ तहको सुरक्षा घेराबीच भएको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाइएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र नगर प्रहरीले सुरक्षा प्रदान गरेको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले अर्घाखाँचीका रुद्र घिमिरेले कालो झन्डा देखाएको पुष्टि गरेका हुन्।
उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ। बुटवलमा अंग्रेज फौजलाई हराएको सम्झनामा पहिलो विजय उत्सव मनाइएको हो।