व्यवसायीद्धारा क्वारेन्टाइन कार्यालयमा ताला

व्यवसायीद्धारा क्वारेन्टाइन कार्यालयमा ताला

भारतबाट आयात गरिएको पशुपंक्षीजन्य वस्तु नछोडेको भन्दै कैलालीका व्यवसायीले पशु क्वारेन्टाइन चेकपोष्ट धनगढी कार्यालयमा तालाबन्दी गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघका महासविच ओम बिष्टको नेतृत्वमा गएका व्यवसायीले क्वारेन्टाइन चेकपोष्ट कार्यालयमा ताला लगाएका हुन । उक्त कार्यालय भारतबाट आएको गरिएको दाना उद्योगका कच्चा पदार्थसहितको १६ वटा ट्रक १९ दिनदेखि रोकेको छ ।

उच्च अदालत कञ्चनपुरले आवश्यक चेकजाँच गरेर गाडी छोड्न आदेश दिए पनि क्वारेन्टाइन अदालतको आदेशलाई अटेर गरेको छ । संघको आज बसेको बैठकले अटेर गर्ने क्वारेन्टाइन चेकपोष्ट विरुद्ध कडा सङ्घर्ष गर्ने निर्णय गरेको छ ।