नया पुस्ताले चासो दिन छाडेपछि राना थारु समुदायको परम्परागत पोशाक लोप हुने अवस्थामा

नया पुस्ताले चासो दिन छाडेपछि राना थारु समुदायको परम्परागत पोशाक लोप हुने अवस्थामा

कैलाली कञ्चनपुरमा बसोबास गर्ने राना समुदायको परम्परागत पहिरन लोप हुन थालेको छ । चोली र गुन्यु लगाएका महिलाहरु अहिले गाउँघरमा पनि सायदै कमै देखिन्छन ।

आधुनीक पहिरन तर्फ नयाँ पुस्ता आक्रसित भएपछि उनीहरुको मौलिक पहिरन लोप हुन लागेको हो ।  राना समुदायले सधै प्रयोग गर्ने घघरीया र अँगिया पछिल्लो समय मेला महोत्सवमा मात्रै सिमित भएको छ ।

धनगढी उपमहानगरपालिका १३ की छवीला रानाले फुर्सदको समयमा घरको आँगनमा बसेर आफ्नो परम्परागत पहिरन सिउदै आएकी छन । साँझ विहान घरको काम सकेर परम्परागत (अगिया) चोली र (घघरीया) गुन्यु सिउनु उनको दैनिकी बनेको छ ।

 कैलाली र कञ्चनपुरमा ठुलो संख्यामा बसोवास गर्ने राना समुदायले आफ्नो पहिरन आफै तयार गर्ने गरेका छन । तर, अहिले आधुनिकताको प्रभावका कारण राना जातीको परम्परागत पहिरन हराउन थालेकोमा दुख लागेको बताउछिन ।

उनिहरु एउटा सानो सियोको मद्दतले आफ्नो सम्पूर्ण पोसाक तयार गर्ने गरेका छन । केहि बर्ष पहिले सम्म हरेक राना महिलाले आफ्नै घरमा तयार गरेको पहिरन लगाउने प्रचलन रहेको थियो तर पछिल्लो समय आधनीक पहिरन तर्फ नयाँ पुस्ता आकर्षीत भएपछि मौलिक पहिरन लोप हुन थालेको हो ।

 तर पनि केहि ब्यक्तिहरुले अझै पनि यो पहिरनलाई बचाई राख्नु पर्छ भन्ने उद्धेश्यले  बनाउदै आएको जानकी रानाले बताईन । राना समुदायका वाल वालिकाहरु पनि तयारी पोशाक तर्फ आक्रसित भएपछि परम्परागत पहिरन लगाउनेको संख्या घटेको उनिहरुले बताएका छन ।

अहिले मेला महोेत्सव र बिशेष पर्वमा मात्रै यो पहिरन सिमित हुने गरेको छ । परम्परागत पहिरन तयार गर्दा झन्झिटिलो हुने बढि मेहेनत र समय लाग्ने भएकाले पनि अहिले स्थानीयहरु पोशाक निमार्णमा चासो नदिएको धनगढी उपमहानगरपालिका १३ की राम दुलारी रानाले बताईन ।

आधुनिक पोशाक तर्फ आक्रसित भइरहेका राना समुदायका नागरिकसँगै अन्य समुदायमा पनि यी पोशाकहरुको महत्तव बुझाउन सके यसको संरक्षण हुने जानकारहरुले बताएका छन  ।

लोपउन्मुख अवस्थामा रहेको एउटा महत्वपूर्ण पहिरन र पहिचानको संरक्षण गर्न सरकोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।