तनावमा हुनुहुन्छ ? यसो गर्नुहोस्

तनावमा हुनुहुन्छ ? यसो गर्नुहोस्

धेरैको मुहारमा तनाव झल्केको पाइन्छ। निराशाले बेचैन गराउँछ। असुरक्षाको भावना, डर, त्रास र कुण्ठाले पनि तनाव दिइरहेको हुन्छ। आयुर्वेद, होमियोप्याथी, युनानी चिकित्सामा तनावलाई उद्वेग ९ईम्पलसिभ० भनिएको छ। शारीरिक, मानसिक एवं सामाजिकसँगै प्रसन्न हुनु स्वस्थताको संकेत हो।

तनावले बात दोष बढ्छ। यसको प्रकोपले शरीरमा प्रतिकूल प्रभाव पर्छ। वैवाहिक एवं व्यावसायिक जीवनमा पनि उतार–चढाव आउँदा तनाव हुन्छ। एकअर्काप्रति घृणाभाव उत्पन्न भए पनि जीवन सहज बन्न सक्दैन। यसका लागि पारस्परिक सम्बन्ध वा व्यवहार सकारात्मक हुनु जरुरी हुन्छ।

कार्यक्षेत्रको तनाव लिएर घरमा प्रवेश गर्दा गृहस्थी जीवनमा आनन्दानूभूति हँुदैन। निराशा या कुण्ठित भावना उत्पन्न गराउने अस्त्र मानिन्छ तनाव। सम्बन्धमा फाटो ल्याउनेदेखि पारिवारिक जीवन कष्टप्रद बनाउनमा पनि तनावकै भूमिका अहं हुन्छ। कार्यस्थल वा व्यावसायिक जीवनमा हुने घटनाक्रमले पनि प्रतिकूल प्रभाव पार्छ। प्रसन्न व्यक्तिले कुनै काम सहज ढंगले सम्पादन गर्न सक्छ। तनावमा रहने व्यक्तिबाट कामको गुणस्तरमा असर पर्छ। तनावग्रस्त व्यक्तिले तनाव झेल्न नसके पलायन हँुदै जान्छ। यसका लागि शरीरलाई अतिरिक्त ऊर्जा आवश्यक पर्छ।

तनावमुक्त रहने उपाय:

– तनाव गराउने कारक तत्त्वबाट टाढा बस्ने

– तनावप्रति उपेक्षा भाव राख्ने

– गहिरो श्वास लिनेरछाड्ने

– योगाभ्यास एवं ध्यान साधना गर्ने

– नियमित प्रणायाम गर्ने

–व्यायाम गर्ने

– मनोरञ्जन गर्ने

– धैर्यता कायम राख्ने

– मनोचिकित्सकसँग परामर्श गर्ने

मधुमेह

रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने समस्या हो मधुमेह। यसलाई डायबिटिज पनि भनिन्छ। शरीरमा भएको प्याङक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसके यो रोगले पिरोल्छ। त्यस्तै उत्पादित इन्सुलिनप्रति शरीरका कोषले सकारात्मक प्रतिक्रिया जनाउन नसके पनि मधुमेहले सताउन सक्छ।

लक्षणहरू :

– मुख सुक्खा हुने

– बढी तिर्खा लाग्ने

– पटक–पटक पिसाब लाग्ने

– पिसाबको मात्रा बढी हुने

– दुब्लाउँदै जाने

– बढी भोक लाग्ने

– घाउ, खटिरा छिटो निको नहुने

– हातगोडा झमझमाउने

रोकथाम

– सुर्तीजन्य पदार्थ सेवन नगर्ने

– वजन सन्तुलन राख्ने

– नियमित व्यायाम गर्ने

– सन्तुलित आहार गर्ने

– औषधि सेवन गर्ने