टीकापुर घटनाको मुद्दाको सुनुवाइ स्थगित

टीकापुर घटनाको मुद्दाको सुनुवाइ स्थगित

धनगढी  । टीकापुरमा घटनासम्बन्धी मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । सर्वोच्चमा यसअघि ८ पटकसम्म साधारण तारिख र ५ पटक पेसी स्थगित भइसकेको थियो ।


प्रदेश सिमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो। 

०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । ०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसपछि रेशम चौधरी पक्षका कानून व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । आजै अर्को पेसी तोकिने जनाइएको छ ।