टिकापुर घटनाको सुनुवाइ आज, होला त फैसला ?

टिकापुर घटनाको सुनुवाइ आज, होला त फैसला ?

धनगढी– कैलालीको टिकापुर घटनाको पेसी आज तोकिएको छ। उक्त मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको हो।  यसअघि ८ पटकसम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने जनाइएको छ। 

प्रदेश सिमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो। 

उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। करिब त्यसको २ वर्ष पनि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

फागुन १२ गते रेशम पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने छ।