राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवको अवसरमा साइकल र्‍याली

राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवको अवसरमा साइकल र्‍याली

नेपाल राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा साइकल र्‍याली निकालिएको छ । समृद्धिसंग जोडौं नाताः सबै नेपालीको बैंक खाता भन्ने नाराकासाथ सुरु भएको र्‍यालीमा बैक तथा वित्तिय संस्थाहरुको सहभागिता थियो ।

वित्तिय साक्षरता र सचेतनाको लागि निकालिएको र्‍यालीमा महिला पुरुष गरी तीनसय भन्दा बढी सहभागी थिए । र्‍यालीमा सहभागीहरुले पर्याप्त मौज्दात बिना चेक नकाटौं, नोटको जतन गरौ, हुण्डी कारोवार गैर कानुनी हो, बचत गर्ने बानी बसालौंलगायतका प्लेकार्ड र ब्यानर प्रदर्शन गरका छन् । बालुवाटारबाट शुरु भएको र्‍याली काभ्रे पुगेर टुंगिएको छ ।