प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब धेरै नटिक्ने ठोकुवा गरेका छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र नम्बर–५ ले आज (शनिबार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो दाबी गरेका हन्।