अछाम : अछामको चौरपाटी गाउँपालिकाले ४ वटा उन्नत जातका वोका निशुल्क वितरण गरिएको छ । गाँउपालिकामा बाख्रा स्रोत केन्द्र स्थापना गर्नको लागि कृषकलाई वितरण गरिएका निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले जानकारी दिनु भयो । गाउँपालिकाको पशु शाखाबाट प्रति वोका ३५ हजारका दरले १ लाख ४० हजार आर्थिक सहयोगमा वोयर जातका वोका वितरण गरिएको पशुशाखाले जनाएको छ ।
वोयर जातका वोका चौरपाटी गाउँपालिका वडा नं ७ मार्कु स्थित पारस बाख्रा पालन फर्मका सञ्चालक सुरत बोगटी, वडा नं ५ गहिल स्थित काटेखेत बाख्रा पालन फर्मका सञ्चालक तुल बहादुर खडका, वडा नं १ मोटेनाका देव बहादुर साँउद र पदम बहादुर साउँदलाई वितरण गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख दिलिप बहादुर शाहले जानकारी दिनु भयो ।