कैलालीमा काँग्रेस भित्रको गुटउपगुटको अन्त्यः सभापतिशाह

कैलालीमा काँग्रेस भित्रको गुटउपगुटको अन्त्यः सभापतिशाह

कैलाली : नेपाली काँग्रेस कैलालीले तनमन काँग्रेस, जनजन काँग्रेस अभियनलाई तिब्रता दिएको छ । अभियन अन्तरगत शुक्रबार कैलालीको जोशीपुर गाउपालिका वडा नम्बर ५मा बृहत सम्मेलन गरेको छ । सम्मेलनलाई सम्बोधनगर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहमनुले अभियनले जिल्लामा पार्टी भित्र देखिएका गुटउपगुटको अन्त्यभएको दाबीगर्नुभयो । 

जनताको एक मात्रै लोकतन्त्रीक पार्टी नेपालीकाँग्रेस भएकोले सबैले पार्टीमालाग्नआग्रहगर्दै सभापतिशाहले संगठनलाई एक एकढिक्का भएर एकता, मेलमिलाप, सहकार्य र सहमतिका साथ अगाडि बढिरहेको बताउनुभयो । अहिले काँग्रेसले तनमन काँग्रेस, जनजन काँग्रेस भन्ने मुलनाराका एक महिने अभियान संचलन गरिरहेको छ । 

जोशीपुर गाउपालिका वडा नम्बर ५का वडा कार्यसमिति सभापति वंशराम बडायकको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका कैलाली सभापति नरनारायण शाह रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथी नेपालीकाँग्रेस कैलालीका सह–सभापती बिरु प्रसाद चौधरी, पुर्व केन्द्रिय सदस्यचन्द्रसिंह भट्टराई, पुर्व सभापति गोविन्दराज जोशी, पुर्व मन्त्री रामजनम चौधरी, पुर्व जिविस सभापति नारायण दत्तमिश्र, अतिथी स् पुर्व राज्य मन्त्री जनक चौधरी, पुर्व साँसद बुद्धिसागर चौधरी, जिल्ला सचिव दिपकराज जोशी, जिल्ला कोषाध्यक्ष सेवक राम चौधरीले समेत सभामा सम्बोधन गर्नुभएको थियो । स्वागत मन्तव्य जोशीपुर गाउँपालिका, वडा नं. ६का  वडा अध्यक्ष नाथुराम चौधरीले गनुभएको थियो ।