सुदुरपश्चिमको दोस्रो जिल्लाका रुपमा बैतडी साक्षर घोषणा

सुदुरपश्चिमको दोस्रो जिल्लाका रुपमा बैतडी साक्षर घोषणा

डि आर भट्ट बैतडी : सुदुरपश्चिमको दोस्रो जिल्लाका रुपमा बैतडी आज साक्षर घोषणा भएको छ । बैतडीमा १५ देखि ६० बर्ष उमेर समूहका नागरिक मध्ये ९६.३५ प्रतिशत साक्षर रहेकाले जिल्लालाई दोस्रो साक्षर जिल्ला घोषणा गरीएको हो ।

पुर्ण साक्षर जिल्ला घोषण गर्न आवस्यक सुचक पुरा भए सँगै जिल्लालाई आज  साक्षर जिल्ला घोषणा गरीएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रशाद अवस्थीले जानकारी दिनुभयो । बैतडीमा कुल जनसँख्याको १५ देखि ६० वर्ष उमेर समुहका ९६.३५ प्रतीसत जनसंख्या साक्षर रहेको उहाको भनाइ छ । २०६८ को  जनगणना अनुसार जिल्लामा २ लाख ५० हजार ८ सय ९८ जनसँख्या रहेको छ ।

गत असाड मासान्तमा नौ  जिल्लाका १० ओटै स्थानिय तह  शाक्षर स्थानिय तह घोषणा गरी सकिएको थियो । साक्षर जिल्ला घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गीरीराजमणी पोखरेल बैतडी दोस्रो साक्षर जिल्ला घोषणा भएकाले  निकट भविष्यमा तिब्र विकास हुनेमा जोड  दिएका थिए ।

यस्तै  कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रशाद अवस्थीले बैतडीले शिक्षा क्षेत्रमा नया फड्को मारेको बताउदै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नमा  सहयोग गर्ने सबै पक्षप्रती  धन्यवाद ज्ञापन गर्नुभएको थियो। जिल्लालाई साक्षर घोषणा गर्नका लागि १५ देखि ६० बर्ष उमेरका समूहका नागरिक मध्ये ९५ प्रतिशत साक्षर हुनुपर्ने प्रावधान छ । 

यस्तै कालोपाटिमा  पढाएर दक्ष जनशक्ती उत्पादन नहुने विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले कालोपाटिमा  पढाएर दक्ष जनशक्ती उत्पादन नहुने बताउनुभएको छ । साक्षरता जिल्ला घोष्णा कार्यक्रममा बैतडी पुगेका मन्त्री पोखरले पाटन नगरपािलका वडा अन्तरगतको  ज्ञानेश्वर माविले गरेको स्वागत  कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।

प्राविधिक शिक्षाका लागि प्रयोगशाला नितान्त आवस्यक रहेको बताउदै मन्त्री पोखरेलले शिक्षकले जागिरका लागि नभइ नयाँ पुस्तालाइ बलियोबनाउन अध्यापन पेसा अँगाल्नु पर्ने बताउनु भएको छ । प्राविधिक शिक्षा आजको  आवस्यक्ता भएको दावि गदै उहाँले प्राविधिक शिक्षालाइ प्रभावकारि बनाउन दक्ष शिक्षक र पर्याप्त स्रोत साधन पनि अपरिहार्य रहेको  बताउनुभयो  छ ।