हिमाल फ्रेन्ड्स युवा क्लबद्धारा मोेहना नदि परिसर सरसफाई

हिमाल फ्रेन्ड्स युवा क्लबद्धारा मोेहना नदि परिसर सरसफाई

कन्चनपुर : कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका  ११ मा स्थापित हिमाल फ्रेन्ड्स युवा क्लबले मोहना नदिमा पर्ने मसानघाट परिसर सरसफाई गरेको छ ।

कञ्चनपुर र कैलालीको सिमाना पर्ने मोेहना नदि किनारमा पछिल्लो समय सरसफाईमा कसैले ध्यान नदिए पछि आज सरसफाई गरेको कल्बका अध्यक्ष उत्तम मल्लले धनगढी खबरलाई जानकारी दिए ।

उनका अनुसार कल्वले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको बताए । पर्नवास नगरपालीका वडा नम्बर ११ का वडा अध्यक्ष  र सामुदायिक वनको सहकार्यमा  सरसफाई गरिएको हो । उक्त सरसफाई कार्यक्रममा क्लबका सदस्यहरु लगायत स्थानीय व्यतिmहरुको सहभागीता रहेको थियो ।