गुमनाम भएका पेलाको जव 'के लत बस्यो' आयो

गुमनाम भएका पेलाको जव 'के लत बस्यो' आयो

धनगढी । बैतडीका तिलकसिंह पेला २०५३ सालमा कहानी बनेन केही ‘आँसु–१’  र २०५४ सालमा ‘आँसु–२’ आधुनिक गीति एल्वम बजारमा ल्याएर चर्चामा आएका थिए । त्यसपछि गायन छोडर शास्त्रीय संगीतको साधनामा लागेका पेलाले २३ वर्षपछि ‘निर्जन निराकार’ गिति एल्वम ल्याएका थिए।
हाल पेला काठमाडौंको वनस्थलीमा श्री कृष्ण गुरुकुल संङ्गीत पाठशाला स्थापना गरेर सङ्गीत सिकाइरहेका छन्। तिलक सिंह पेलाको ‘लुकाउन खोज्दा पनि आँशु’ गीत २०५३ सालमा निकै चर्चित बन्यो । रेडियो नेपालबाट उक्त गीत धेरै बज्यो । धेरैका टेपरिकाडमा घन्कीयो । २०५४ सालमा आँशु भाग दुई पनि बजारमा आयो । तर गीत चर्चित भए पनि त्यसपछि आफु एकाएक गुमनाम भएको बताए । सुदूरपश्चिम बाट पहिलो पटक आधुनिक गीतमा उदाएका थिए । उति बेला बैतडीबाट भारतको बाटो हुँदै काठमाण्डौ आएर त्यो समयमा गीत रेकर्ड गर्नु पर्ने थियो ।

आँशु एल्बमको सफलता पछि तिलक सिंह पेला गायनबाट हराएर साधना तर्फ लागे । शाश्त्रिय संगीत सिके । साधनामा तल्लिन भइरहे । २०६१ सालमा काठमाण्डौको बनस्थलीमा ‘श्रीकृष्ण गुरुकुल संगीत पाठशाला’ स्थापना गरे । थुप्रै शिष्यहरु सँग सिकाउँदै सिक्दै संगीतमा अभ्यास गरिरहे, गराइरहे । उनका थुप्रै शिष्यहरु अहिने नेपाली संगीत क्षेत्रमा स्थापित हुदै छन् । उनी भने २३ बर्षको साधना पछि २०७६ सालमा फेरि आँशु भाग तीन मार्फत ‘निर्जन किनार’ ल्याएर आए । उनको त्यो २३ बर्ष पछिको उदय निकै भिन्न थियो ।
अहिले पेलाले एकपछि अर्को गीत ल्याइरहेका छन् । रञ्जित ज्ञवालीको गजल ‘पलपल तिमीलाई’ बजारमा ल्याएको छोटो समयमै डा. प्रदिप मैनालीको ‘के लत बस्यो’ गजलमा पेलाले आफ्नो जादुमय प्रस्तुत गरका छन् । यस गजलले अहिले देश बिदेशमा संगीत प्रेमिलाई तरंगीत बनाएको छ ।

सर्जकले शब्द, धुन हुँदै गायकीसम्म ल्याएर पूरा गरेको सांगीतिक सिर्जना कसका लागि हुन ? ती सिर्जनालाई कसले मूल्यांकन गर्छ र तिनको स्थान कसले निर्धारण गर्न सक्छ ? चलनचल्तीकै भाषामा भन्ने हो भने उत्तर आउँला दर्शक÷स्रोता र बजारको जिम्मा । तर, गायक तथा संगीतकार तिलकसिंह पेला यी सबै पक्षभन्दा अलग छन ।  संगीत सिर्जनाको उनको पहिलो प्राथमिकता आफैं हो । ‘संगीत हृदयको भाषा हो,’ उनी भन्छन्, ‘मेरो सिर्जनाले मलाई छुँदैन र म आफैंलाई सन्तुष्ट दिन सक्दैन भने त्यसको महत्त्व हुन्न ।’ बितेका २५ वर्षमा कोको बजारमा आए, कोको गए, अहिले को कसरी छाउँदै छन् भन्नेतिर पनि उनी चासो राख्दैनन । वर्षौंदेखि उनी निरन्तर रूपमा शास्त्रीय संगीत सिक्ने सिकाउनेतिर मात्र तल्लीन रहे ।
२०५३ मा काठमाडौं गई रेडियो नेपालमा स्वर परीक्षण पास गरेका उनले ‘आँसु’ एल्बम ल्याए । गीत रेकर्ड गरेर पुनः महेन्द्रनगर फर्किर्एका पेलाले आफ्नो सिर्जनाको आर्थिक लाभ लिन पाएनन । 

‘मैले औपचारिक रूपमा संगीत ज्ञान नलिइकन गीत रेकर्ड गराएको थिएँ । सांगीतिक बजारको चहलपहल तथा गीतको चर्चापछि संगीत सिक्नुपर्छ जस्तो लागेर म बजारतिर भन्दा सिक्नतिर लागेँ,’ ‘संगीतप्रति मेरो बेग्लै प्यास छ । अरूलाई भन्दा पनि मेरो सिर्जनाले मलाई पहिले आनन्द दिनुपर्छ । सिर्जनाले बजार खोज्नेभन्दा बजारले खोज्ने खालका सिर्जना ल्याउनु संगीतको मूल धर्म र अनुशासन हो ।’
संगीतप्रेमी दाजु गीतकार कृष्णसिंह पेलाको संगतमा सिर्जनासमेत गर्न थालेका उनी गीत रेकर्ड गर्न काठमाडौंसम्म पुगेका थिए ।
हाल काठमाडौंमा संगीतको धुनसँगै दर्जनभन्दा बढी प्रशिक्षार्थीहरूसँग उनको दिनको शुभारम्भ र अन्त्य हुन्छ ।