डोटीमा भिटामिन ए र जुकाको औषधी खुवाईँदै

डोटीमा भिटामिन ए र जुकाको औषधी खुवाईँदै

डोटी - डोटी जिल्लाका ६ सय ६५ खोप केन्द्रबाट भिटामिन ए र जुकाको औषधी खुवाइ रहेको छ।   नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत डोटी जिल्लामा शुक्रबार र शनिबार औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रामस्वार्थ यादवले जानकारी दिए।  जिल्लाका ६ सय ६५ स्वास्थ्य स्वयमसेवीका तथा स्वास्थ्यकर्मीले खुवाई रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ।  ६ महिना देखी ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र १२ देखी  ५९ महिनाका बालबालिकालाई जुकाको औषधी नजिकको खोप केन्द्रमा खुवाउने काम भैरहेको यादवले बताउनु भएको छ। डोटीमा भिटामिन ए र जुकाको औषधी खाने ५ हजार बालबालिका रहेका छन्।