थप एकजनामा कोरोना संक्रमण पुष्टि

थप एकजनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा १०१ वटा स्वाब नमुनाको पिसिआर परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको हो ।

एन्टिजेन विधिबाट परीक्षण गरिएका एक हजार ६२१ नमुनामा संक्रमण फेला परेन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भने कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर दुईजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ३० पुगेको छ ।