उचित व्यवस्थापन नहुदाँ छोडिएका गौ-नन्दी पशुचौपाया मर्दै, नगरपालिका मुख दर्शक बन्याे

उचित व्यवस्थापन नहुदाँ छोडिएका गौ-नन्दी पशुचौपाया मर्दै, नगरपालिका मुख दर्शक बन्याे

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा छोडिएका गौ-नन्दी पशुचौपाया व्यवस्थापनका लागि एउटा गौशाला पनि निर्माण गर्न सकेको छैन् । 

छोडिएका गौ-नन्दी पशु चौपायाहरु बजार डुलिरहन्छन् । केहिलाई त नगरपालिकाले खुलामन्चको छेउँमा रहेको जीर्ण अवस्थाको कबर्डहलमा राखेको छ । उक्त कबर्डहलको तल्तिर खुला छ । त्यहाँ न भित्ता छ, न त तारबार लगाइएको । बिडम्बना त के छ, भने त्यहाँ गाई मरिरहेका छन् । हिउँदको चिसो र गोठको उचित प्रवन्ध नहुँदा गाई मरिरहेका हुन् ।

No description available.भीर रहेको त्यहाँबाट खसेर केहिदिन अघि मात्रै दुई गाईवस्तु मरे  । छत र महाकाली नदीतिर खुला उक्त कबर्डहलमा शनिवार बिहानसम्म ७ गाई थिए । शनिवार मध्यान्ह हुदाँ थप एक गाई मर्यो । 

No description available.

त्यहाँ भीरबाट खसेर मरेका दुई ओटा गाई महाकाली कोरिडोर सडक छेउँमा खाडल खनि पुरिएका छन् ।

नगरपालिकाले गाईको हेरचाह गर्न मान्छे खटाएको साथै खर, पराल, भुस, पानीको प्रवन्ध गरेको जनाएको छ । तर, नगरपालिकाले भने जस्तो त्यहाँ राम्रो व्यवस्था छैन् । नगरपालिकाले अहिले कबर्डहलको महाकाली नदी किनार क्षेत्रतिर तारबार लगाउने काम गरिरहेको छ । यस्तै गाईवस्तुका लागि पानी खुवाउने प्रवन्धको संरचना बनाइरहेको नगरपालिकाले जनाएको छ । खलंगाका स्थानीयले पशु चौपाया छाडा रुपमा बजार छोड्दा बजार दुर्गन्धित हुनुका साथै हिडडूल गर्नसमेत समस्या हुने गरेको छ । केहि समय बजारमा थोरै देखिएका पशुचौपाया फेरी बढ्न थालेका छन् ।
यस बिषयमा नगरपालिका मुखदर्शक बनेकाे छन ।   

 

No description available.