आठौ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा सुदुरपश्चिम बिजयी, महेशको उत्कृष्ट प्रदर्शन

आठौ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा  सुदुरपश्चिम  बिजयी, महेशको उत्कृष्ट प्रदर्शन

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जाती पुरुष क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले पहिलो जित दर्ता गरेको छ । हिजो सम्पन्न दोस्रो दिनको दोस्रो खेलमा प्रदेश ४ लाई ३१ रनले हराउदै जित दर्ता गर्न सफल भएको हो ।

टस जिति पहिला ब्याटिङ सुरु गरेको प्रदेश ७ ले २० ओभरमा ४ विकेट को क्षतिमा १२२ रन बनाएको थियो । सुदुरपश्चिम को लागि खडक बोहरा ३६, लोकेश बम २१, अरुण ऐरि १९, सन्जु धामिले १३ तथा किरण ठगुन्न्नाले ११ रनको योगदान दिए । प्रदेश ४ को बलिङ तर्फ किशोर महतो, बिपिन खत्री र विशाल पौडेलले समान १/१ विकेट हात पारे ।

१२३ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको प्रदेश ४ १९.१ ओभरमा ९१ रनमा खुम्चिएको थियो । प्रदेश ४ को लागि करण केसी ले ३५ तथा अनिल गुरुङले १८ रन बनाउन बाहेक अन्य ब्याटिङ लाइन राम्रो सँग खुल्न सकेन । सुदुरपश्चिमको जितमा महेश अधिकारीले ४ ओभरमा २ मेडेन राख्दै ११ रन खर्चंदै महत्त्वपूर्ण ४ विकेट हात पारे ।

यस्तै अरुण ऐरि २ तथा विकास आर्गी र नरेन्द्र साउदले समान १/१ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच प्रदेश ७ का महेश अधिकारी (४-२-११-४) घोषित भए ।