गाउँमा बिरामी बोक्ने स्ट्रेचरसमेत छैन

गाउँमा बिरामी बोक्ने स्ट्रेचरसमेत छैन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका २ न्वालपानीकी ईन्नरा  धामीलाई बुधवार सुत्केरी ब्यथा लाग्यो । सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य संस्था लग्न गाउँमा स्टेचरको खोजी हुन थाल्यो । तर कहि पनि स्ट्रेचर भेटाउन सकिएन । गर्भवती ती महिलालाई पिठ्युँमा बोकेर लैजाने अवस्था पनि थिएन् । 

केही सीप नचलेपछि स्थानीयहरुले काठमा डोरी बेर्दै मान्छे अटाउने स्टेचर निर्माण गरे । त्यसैमा हालेर धामीलाई वडा नम्बर २ कै भगवती स्वास्थ्य चौकी (वर्थिङ सेन्टर) ठिङ पुगाइयो ।

गाउँमा स्टेचर नहुदा डोरीको स्टेचर बनाएर स्वास्थ्य संस्था पुगाएको स्थानीय प्रकाश सिह धामीले बताए । उनले भने गाउँमा बिरामी बोक्नलाई एउटा पनि स्टेचर छैन्, नत राम्रो बाटोघाटो नत सडक नै, कोहि बिरामी भैहाले पनि अस्पताल पुगाउन जोखिम मोलेर घण्टौ हिडनुपर्छ ।

देश संघियतामा गएर गाउँमै सरकार भएपनि अझै दुर्गमका स्थानीयले सास्ती भोग्नुपरेको छ ।