लोकसेवा

लोकसेवा

लोकसेवा दिनेहरूका लागि सेवा चाहियो है,
सेवा नभई लोकसेवा कसैले पनि नदेऊ है।।

लोकको सेवा गर्ने सकेप 
पास पनि गर्ने सकिन्थ्यो,

सँगै बसेको साथीलाई
ग्रह कति छन् थाहा थिएन।

मलाइ नेपाल र विश्वको उत्पत्ति र गति थाहा थियो,

तर उसको नाम निस्क्यो
मेरो नाम निस्केन कसरी हुनु लोकसेवा पास।।

पढिन्छ एकातिर सोध्दिन्छ अर्कोतिर ,
रटेको प्रश्न जाँचमा देखिन्न
नदेखेको प्रश्न जाँचमा सोध्दिन्छ।। 

आठ ओटा ग्रह  पढ्दा,
ब्लाकहोल सोध्दिन्छ।।

भूगोलको whole रट्दा पनि 
उत्तर पुस्तिका जाँच्नेले गोल मात्रै दिन्छ कसरी हुनु त लोकसेवा पास ।।

बल्लतल्ल यति धेरै पढेँ जस्तो लाग्छ,
लिखित नै टर्दैन
जसोतसो टर्‍यो 
अन्तरवार्ताको डर।।

साथीलाई सोध्यो interview दिँदा सजिलै हुन्छ भन्छ,
दिएर आउँदा view matroi layrw आउँछ।।

के सोध्यो भन्दा 
पोखराको बिचमा के छ?
उत्तरमा फेवाताल भनेको फेल रे।।

सजिलै प्रश्न नि आएन तलाइ भनी सेम मोडेलमा गएर म उभिए इलामको बिचमा के छ भने?
खुसीले फुरुङ्ग हुँदै
चिया बगान भनेको 
होइन ला छ रे कसरी हुनु त लोकसेवा पास।।।

आकाशका जुन तारा 
इतिहासका ठेली रट्दै
बाजेदेखि नातिको जन्म मिति रट्दै ,
आफ्नै जन्म मिति बिर्सेको पत्तै पाइएन कसरी हुनु त लोकसेवा पास।।
✍️ कविता पाण्डेय 'कबु'