नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

युएईको यू–१९ क्रिकेट टिम अर्को वर्ष दक्षिण अफ्रिकामा हुने आइसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । 
मलेसियामा भइरहेको एसियन रिजनल छनोटमा सबै ५ खेल जित्दै युएई एसियाबाट छनोट भएको हो ।

राउण्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा युएईले बिहीवार ओमानलाई १० विकेटले पराजित गर्दै शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान पक्का गरेको हो । नेपालले भने २०२० को यू–१९ विश्वकप क्रिकेट गुमाएको छ ।

मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ ।