बुहारीको हत्या गरेको आरोपमा ससुरा पक्राउ

बुहारीको हत्या गरेको आरोपमा ससुरा पक्राउ

म्याग्दी । म्याग्दीमा बुहारीको हत्या गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। धौलागिरी गाउँपालिका ३ की २८ वर्षीया अनिता रानाको हत्या आरोपमा उनका ससुरा ५३ वर्षीय इन्द्रबहादुर भण्डारी पक्राउ परेका हुन्। 

भण्डारीले सामान्य विवादमा दाउराको चिर्पटले बुहारी अनिताको टाउकोमा प्रहार गरेका थिए। 

चिर्पट प्रहारपछि गम्भिर घाइते भएकी अनिताको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भण्डारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।