प्रदेश ७ माा विप्लव बन्दको प्रभाव न्यून, बाजुरामा शंकास्पद वस्तु फेला

प्रदेश ७ माा विप्लव बन्दको प्रभाव न्यून, बाजुरामा शंकास्पद वस्तु फेला

धनगढी : बाजुराको बडीमालिका नगरपालिका नजिकै शंकास्पद वस्तु फेला परेको छ । बडीमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । 

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको विरोधमा नेत्र विक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह््वान गरेको नेपाल बन्दको विहानै शंकास्पद वस्तु फेला परेको हो । 

अहिले शंकास्पद बस्तुलाई प्रहरीले सुरक्षा घेरामा राखेको छ भने डिस्पोजलका लागि सेनालाई खबर गर्ने काम भईरहेको सुरक्षा अधिकारीले बताएका छन् ।

बन्दका प्रभाव प्रदेश ७ मा न्यून छ । लामो दुरीका सावरी साधनन चल्न नसकेपनि छोटो दुरीका सवारी साधन भने निर्वाध रुपमा चलिरहेका छन । 

बाटोमै रहेका सवारी साधानलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पु¥याउने कार्य भईरहेको प्रहरीले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । 

बजार खुल्ने क्रममा छन भने विद्यालयको पढाई भने प्रभावित भएको छ ।