नेपाललाई १ सय ५८ रनको लक्ष्य

नेपाललाई १ सय ५८ रनको लक्ष्य

आइसीसी यु–१९ एकदिवसीय विश्वकप छनोटको अन्तिम खेलमा कुवेतले नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको कुवेतले १९.४ ओभरलमा अलआउट हुँदै १ सय ५८ रनको लक्ष्य दिएको हो ।

क्वालालम्पुरस्थित किन्नारा एकेडेमी ओभलमा कुवेतका लागि नोमन बुद्रोले सर्वाधिक ७० रन बनाए । गोकुल कुमारले ३६ रन बनाउँदा हमुद अमनउल्लाहले १७ रन बनाए । मिट भाब्सरले १० रनको योगदान दिँदा ७ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

नेपालका कप्तान रोहित कुमार पौडेलले ३ विकेट लिए । रासिद खान, सूर्य तामाङ र कुशल मल्लले २–२ विकेट लिए । नेपाल लगातार चौथो जितको लक्ष्यमा छ । यसअघिका तीन खेलमा जित निकालेको नेपालले एकदिवसीय विश्वकप छनोटका लागि कुवेतविरुद्ध जित मात्र होइन, युएईको नतिजामा समेत भर पर्नुपर्नेछ । यस्तै अर्को खेलमा युएई र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ ।

ओमानले लिएको १ सय ५ रनको लक्ष्य पछ्याउँदै युएईले ब्याटिङ गरिरहेको छ । युएई ओमानसँग पराजित भएको खण्डमा मात्र नेपाल दक्षिण अंिफ्रकामा हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछ ।