बिगत एक महिनादखि बेपत्ता भनिएका कैलालीको अत्तरियाका एक युबा आज जंगलमा तपस्या गरिरहेको अबस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ बसन्तपुरका विलियम सिंह मिजार झण्डै एक महिनाअघि काठमाण्डौबाट सम्पर्क बिहिन बनेका थिए।
बिगत २ बर्षेदेखि काठमाण्डौको एक होस्टेलमा उनी बाईबल सम्बन्धी पढाई गर्दै आएका थिए । चैत २ गतेवाट सम्पर्क बिहिन बनेको खबर आएपछि परिवारले उनको खोजी कार्य तिब्र पारेको थियो । तर, उनी एक महिनासम्म लुम्बिनीमा निराहर तपस्यामा बसेको खुलेको छ। त्यसपछि करिब ४ दिन अघि कैलालीको कुचैनी जंगलमा एक्लै तपस्यामा बसेका थिए । स्थानीयले उनी त्यहा बसेको थाहा पाएपछि परिवारलाई खबर गरेका थिए ।
अहिले उनी आफ्नो घर सकुशल फर्किएका छन् । घरमा पुगेपछि उनले आफु परमेश्वरको चाहानाले निराधार एक महिना ध्यानमा बसेको बताए । ‘म चैत्र २ गतेदेखि बैशाख २ गतेसम्म भगवानको निर्देशनमा आज्ञात स्थलमा बसेको हुँं ।’ उनले भने- ‘साधक जिबन, सकारात्मक सोच र ज्ञान बाँढनकोलागि अब अग्रसर रहने छु।’ पछिल्ला ४ दिनभने स्थानीयको आग्रह अनुसार जङलमा एक मुठी दान र एक गिलास पानी मात्रै खाएर ध्यानमा बसेको उनले बताए ।