आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

धनगढी । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको छ। देशको प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु र कुहिरो रहेको छ।

दिउँसो प्रदेश नं १, मधेस प्रदेश लगायत  बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती देशको  पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ।

 देशभर पहाडी तथा हिमाली धेरै भु-भागहरुमा र तराईका केही भू-भागहरुमा बादल लागेर तथा तराईका थोरै   भू-भागहरूमा  विहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।