विप्लव समूहद्वारा ट्रकमा आगजनी

विप्लव समूहद्वारा ट्रकमा आगजनी

पुर्व पश्चिम महेन्द्र राजमार्गमा रोकि राखेको भारतीय नम्बर प्लेटको ट्रकमा नेक्र वित्रम चन्द विप्लव समूहले आगजनी गरेको छ ।

चन्द समूहले आज बन्द आहृवान गर्दै नवलपरासीको कावासोती १६ डण्डा पथ्तर खोला पुल नजिक रोकि राखेको ट्रकमा आगजनी गरेको हो ।

भारतको गुजरातबाट काठमाडौं तर्फ जाँदै गरेको आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा चन्द समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ ।

ट्रकमा एसिड समेत प्रयोग गरिएको थियो । ट्रकमा आगजनी भएको सूचना पाएपछि घटनास्थल पुगेको शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर आगो निभाएका थिए ।