अत्तरियामा फेला परेको बम नेपाली सेनाद्वारा निस्कृय

अत्तरियामा फेला परेको बम नेपाली सेनाद्वारा निस्कृय

अत्तरियामा फेला परेको बम नेपाली सेनाले निस्कृय पारेको छ । अत्तरियाको पहाड रोड ट्राफिक चेक प्वाइन्ट नजिकै राजमार्गको छेउमा बिहान शंकास्पद वस्तु फेला परेपछि स्थानियले सुरक्षा निकायलाई खबर गरेका थिए ।

तेघरी भबानी दलबाट आएको सेनाको टोलीले पहिले उक्त बस्तुलाई रोडबाट जङल भित्र लगेर डिस्पोज गरेको हो । सानो प्रसेर भित्र बमको सामाग्री राखिएको थियो ।

बम डिस्पोज गराउँदा हेर्नको लागी स्थानियको भिड लागेको थियो । बिप्लप माओबादीले आयोजना गरेको बन्दको बिहानै बम भेटिएकोले सो पार्टीले नै राखेको हुन सक्ने प्रहरीको भनाई छ ।