निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलियाको नाम अनुमोदन

निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलियाको नाम अनुमोदन

संसदीय सुनाई समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित दिनेशकुमार थपलियालाई सर्वसम्मत अनुमोदन गरेको छ । 

बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर्दै सर्वसम्मत अनुमोदन गरेको हो । त्यस्तै समावेशी आयोगको सदस्यमा प्रस्तावित विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन भएको छ  ।

प्रमुख निर्वाचन आयुक्त र आयोग सदस्यको सुनुवाइका लागि बुधबार समितिको बैठक २ पटक बसेको थियो । अनुमोदनअघि समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तविरुद्धका उजुरीकर्तासँग छलफल भएको थियो ।