सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्ट सहित क्याबिनेटका मन्त्रीहरूको स-सम्मान बिदाइ

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्ट सहित क्याबिनेटका मन्त्रीहरूको स-सम्मान बिदाइ

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्ट सहित क्याबिनेटका मन्त्रीहरूको स-सम्मान बिदाइ  गरिएको छ । बुधवार  मुख्यमन्त्री कार्यालय धनगढीमा आयोजित एक समारोहका बिच सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी तथा मुख्यमन्त्री कार्यालयका मुख्य सचिव एवम् कर्मचारीहरूले मायाको चिनो दिँदै सुदूरपश्चिम प्रदेश सरकारको पहिलो कार्यकाल सम्हालेका मुख्यमन्त्री तथा सम्पूर्ण मन्त्री राज्यमन्त्रीहरूको सम्मान सहित बिदाइ गरेका हुन् । 

यस अघि निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट तथा अन्य मन्त्रीहरूले आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गरिसकेका छन् । 

भने बुधवार साँझ  ५ बजे प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट २९ सांसद सहित दाबी पेश गरेका एमाले प्रदेश सभा सदस्य राजेन्द्र सिंह रावल लाई नियुक्त गरी सकेका छन् ।