पति कालो भएको भन्दै जिउँदै जलाइन् पत्नीले

पति कालो भएको भन्दै जिउँदै जलाइन् पत्नीले

भारतको उत्तर प्रदेशको बरेलीमा मानवीय संवेदनालाई लज्जित तुल्याउने घटना सार्वजनिक भएको छ । 

बरेलीकी २२ वर्षीया महिलाले आफ्नो पतिको रंग कालो भएकोले मन नपरेको भन्दै जलाइदिइन् । 

खुर्द फतेहगढका एसएचओ सहदेव सिंहले बताए, प्रेमश्री र सत्यवीर सिंहको बिहे दुई वर्षअघि भएको थियो । सत्यवीरको रंग कालो थियो त्यसैले प्रेमश्री उनलाई मन पराउँदिनथिइन् । उनीहरूकी पाँच महिनाकी एक छोरी छन् । 

घटना सोमवार बिहान पौने ६ बजे भएको हो । सत्यवीर घरमा सुतिरहँदा प्रेमश्रीले उनीमाथि पेट्रोल छर्किन् र आगो लगाइदिइन् । त्यसक्रममा प्रेमश्रीको गोडा पनि जल्यो । 

सत्यवीरका भाइ हरवीर सिंहको आरोप छ, ‘भाउजु प्रेमश्रीले दाजु सत्यवीरलाई मन पराउँदिनथिइन् । दिनदिनै उनी पतिलाई कालो भएको भनी गिज्याइरहन्थिन् । सत्यवीरले पत्नीलाई मन पराउने भएकाले केही भन्दैनथिए । प्रेमश्रीले यति खतरनाक कदम उठाउलिन् भन्ने लागेकै थिएन ।’

प्रहरीका अनुसार, सत्यवीरलाई अस्पताल लगिएको थियो र उपचारको क्रममा उनको मृत्यु भयो । प्रहरीले प्रेमश्रीमाथि हत्याको मुद्दा दर्ता गरेको छ ।