स्कुल बसको ठक्करबाट एकको मृत्यु

स्कुल बसको ठक्करबाट एकको मृत्यु

वीरगन्जमा बुधबार बिहान स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दिल्ली पब्लिक स्कुलको ना १ ख ७७६७ स्कुलको बसले ना १३ च ५९८७ नम्बरको मोटरसाईकललाई माईस्थानमा ठक्कर दिँदा वीरगञ्ज महानगरपालिका १६ की ३२ वर्षीया पुनम चौरसियाको मृत्यु भएको हो । ठक्करबाट मोटरसाईकल चालक वीरगञ्ज महानगरपालिका १६ का शहिद हुसैन घाइते भएका छन् । 

घाइते हुसैनको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालको शव गृहमा राखिएको छ । बसका चालक ओमप्रकाश गिरीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।