आमा बाबाले जन्माएर फाल्दिए । यस्तो जीवनबाट हार खाँदै मर्न लागेका दिर्घलाई पोखरा गएर शिशिर भण्डारीले बचाए !

आमा बाबाले जन्माएर फाल्दिए । यस्तो जीवनबाट हार खाँदै मर्न लागेका दिर्घलाई पोखरा गएर शिशिर भण्डारीले बचाए !

माग्न त दुवैले माग्ने नै हो, फरक यति मात्र हो कि, गरिबले मन्दिर बाहिर बसेर माग्छन्, अनि धनीले मन्दिर भित्र पसेर माग्छन् । तर बाग्लुंगका दिर्घ परियार सधैं भगवानसंग एउटै कुरा माग्छन् । भगवान यो जुनीमा त मलाई यस्तो बनायौं, अर्को जुनीमा चैं अरु जस्तै हिड्न, डुल्न सक्ने बनाईदेऊ है.

बुवा आमाले जन्म त दिए तर बोझ मानेर सानैमा फालिदिए । मामाले नै दिर्घलाई हुर्काए । पोखराको ताल बाराही दर्शनको लागि पुग्दा, ताल छेऊमा ३४ बर्षका दिर्घ परियारलाइ अनौठो र माया लाग्दो शारीरिक बनावट सहित ५/ १० रुपैंया माग्न बसेको देखें ।

कठैबरा दिर्घ सधैं भन्छन्, मलाई शरीरको मायै छैन । आमा बाले त हेरेनन् । चांडै मरेर स्वर्ग जान पाए, अर्को जुनीमा तपाईहरु जस्तै सग्लो मान्छे भएर जन्मिन पाउंथे कि ? कति कठिन जीवन दिर्घको । दिर्घको ठाउंमा आफुलाई राखेर हेर्नुस त, कल्पना गर्दा पनि उकुसमुकस भईन्छ । दिर्घ आफैलाई आफ्नो जीवन बोझ लाग्छ ।

दिर्घका लागि मैले गर्न सक्ने काम यत्ति थियो । उनको भिडियो खिचेर दुख र बेदना सबैलाई सुनाउने अनि दृखाउने । ३ महिनाअघि हामीले बनाएको भिडियो हेरेपछि सहयोगीहरुले ३६ हजार १५० सहयोग रकम दिर्घका लागि पठाउनु भएको थियो । पोखरा पुग्दा सो रकम बुझायौं ।