महाकालीबाट विप्लवका एक कार्यकर्ता पक्राउ

महाकालीबाट विप्लवका एक कार्यकर्ता पक्राउ

कञ्चनपुर : प्रहरीले कञ्चनपुरको महाकाली नगरपालिबाट नेत्र विक्रम चन्द विप्लव समुहका नेतृत्वको एक नेतालाई पक्राउ गरेको छ ।

मंगलवार प्रहरीले कञ्चनपुरका जिल्ला सदस्य लक्ष्मण बडूवाललाई पक्राउ गरेको हो । बडूवाललाई अनुसन्धानका लागि भन्दै दोधारा चाँदनी क्षेत्रबाट पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टका अनुसार बडूवाललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

यस अघि प्रहरीले कञ्चनपुरबाट कृष्णपुरका नगर सेक्रेटरी रामदत्त भट्ट र भीमदत्त नगरका इन्चार्ज रघुबीर जोशीलाई पक्राउ गरेको थियो ।