कैलालीको पहनमानपुरमा निशुल्क स्वास्थ्य शिबिर

कैलालीको पहनमानपुरमा निशुल्क स्वास्थ्य शिबिर

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकास्थित पहनमानपुर स्वास्थ्य चौकीमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिबिर शनिबार भएको  छ ।
घोडाघोडी नगरपालिका आयोजना र केजी अस्पताल प्रालीको प्राविधिक सहयोगमा पहलमानपुरमा  शिबिर  संचालन भएको हो । 
शिबिरमा हर्निया, फिस्टुला, पाईल्स, स्तनमा गाँठागुठी, पेट सम्बन्धी समस्या तथा एसिडले पोलेर घाउ भएको उपचार भएको डाक्ट् दिपक कुमार सिंहले जानकारी दिए। 
यस्तै स्त्रीरोग बिशेषज्ञ डाक्टर सोनी कठायतले महिलाहरुमा देखा पर्ने रोग पाठेघर, योनीबाट सेतो पाग्ने, चिलाउने, तल्लेपेट दुख्ने तथा ढाड दुख्ने लगायतका रोगहरु उपचार गरेकी थिइन भने हातखुट्टा बाँङ्गिएका, झमझमाउने, दुख्ने पोले जस्तो हुने बाथ घुडा तथा जोर्नीको दुखाई तथा नसा च्यापिएको हाडजोर्नी बिशेषज्ञ डाक्टर घनश्याम जोशीले सफल उपचार गरेका थिए । 
उक्त सिबिरमा छाती, पेट, दम, मधुमेह, सुगर, दन्तरोग, मुटु लगायत अन्य रोगहरुको उपचार गरेको केजी अस्पतालका प्रबन्धक तथा डाक्टर दिपक कुमार सिंहले जानकारी दिए।
उक्त शिबिरमा ३ सय २ जनाले लाभ लिए भने दुई जनाको हाईड्रोसिलको सफल शल्यक्रिया भएको छ ।