वडा नम्बर १३ को आफनै कार्यालय भवन उद्घाटन

वडा नम्बर १३ को आफनै कार्यालय भवन उद्घाटन

टंक कुँवर, धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को आफनै कार्यालय भवन उद्घाटन गरिएको छ ।मंगलबार एक समारोहका बिच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख वडले यो सम्पत्ति यसै वडाका जनताको भएको र यसको संरक्षण र सम्बद्र्धन गर्न तपाइहरुको कर्तव्य रहेको बताए ।

यस क्षेत्रको विकास र समृद्धिका लागि नगरपालिका लागि रहेको बताउँदै वडले भने जनप्रतिनिधीलाई सुझाव र सहयोग गर्नुहोस् । विकास र समृद्धि ल्याउन धेरै समय लाग्दैन् । हामी सिक्दै छु । पूर्ण छैनौं तपाइहरुको साथ र सुझाव भएन भने सोच अनुसारको विकास निर्माण गर्न सकिदैन् ।

नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले यसै वडामा तीन सय व्यक्ति अट्न सक्ने मिटिङ हल निर्माण गर्ने योजना रहेको वडले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा वडा कार्यालय स्थापनाका लागि तीन कठ्ठा भुमी दान दिएका सनातन हिन्दु धर्म शिक्षा समितिका अध्यक्ष कृष्णानन्द गिरी र संयोजक अमृता गिरीलाई दोसल्ला र प्रमाणपत्र ओढाएर नगर प्रमुख वडले सम्मान गरेका थिए ।

त्यसैगरी केपी निर्माण सेवाका प्रोपराइटर लोकराज पाण्डेयले समयमै वडा कार्यालयको भवन निर्माण गरेको भन्दै उपप्रमुख शुशिला मिश्र भट्टले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

वडा नम्बर १३ का वडा सदस्य हिरालाल रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वडा नम्बर १३ का वडा अध्यक्ष विजयराज जोशीले समापन गरेका थिए ।

समापन गर्दै वडा अध्यक्ष जोशीले आजबाट आफनै भवनमा जनताको सेवा गर्न पाउँदा निकै खुशी भएको बताए । भाडाको घरमा जनताको सेवा गर्न कठिन रहेको बताउँदै उनले अव सजिलो हुने बताए ।

भवनको वडा अध्यक्ष कार्यकक्ष, वडा सचिव, वडा समिति सचिवालय, प्रशासन शाखा, प्राविधिक तथा वातावरण शाखा, जिन्सी, सोधपुछ, सूचना तथा प्राविधिक शाखा र स्टोर गरी आठ कोठासंगै पुरुष, महिला र कर्मचारी शौचालयको पनि व्यवस्था रहेको नेपाली काँग्रेसका युवा नेता विनोद पन्तले जानकारी दिए ।

भ्याटबाहेक ३४ प्रतिशत घटी ७८ लाख १५ हजार ६ सय १७ रुपैया ७४ पैसा र भ्याट १० लाख २६ हजार चार सय ३० रुपैया १७ पैसा गरी ८९ लाख २२ हजार ७४ रुपैया ९१ पैसा भवन निर्माणमा भएको जनाइएको छ ।