आईपीएलमा चेन्नई हैदराबादसँग खेल्दै

आईपीएलमा चेन्नई हैदराबादसँग खेल्दै

उपाधिको मुख्य दाबेदार मानिएको चेन्नई सुपर किङ्स इन्डियन प्रिमिएर लिग क्रिकेटमा आज सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ । शीर्ष स्थानसहित उपाधि यात्रालाई मजबुत बनाउने लक्ष्यमा रहेको चेन्नई हैदराबादसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

हैदराबादको घरेलु मैदान राजिव गान्धी स्टेडियममा खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ । चेन्नई ८ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा छ । 

७ खेलमा जित र १ मा हार ब्यहोरेको चेन्नई जितको निरन्तरतामा हुनेछ । हैदराबाद ६ अंकसहित छैटौं स्थानमा छ । ७ खेलमा ३ खेलमा जित र बाँकीमा हारको नतिजा ब्यहोरेको हैदराबाद घरेलु मैदानमा सुखद नतिजाको लक्ष्यमा छ ।