रुपन्देहीमा बलात्कारको आरोपमा २ जना पक्राउ

रुपन्देहीमा बलात्कारको आरोपमा २ जना पक्राउ

बुटवल । रुपन्देहीमा सुस्त मनस्थिति भएकी एक  महिला र बालिकालाई जबर्जस्ती करणी प्रयास भएको छ । प्रहरीका अनुसार सुस्त मनस्थिति भएकी महिलालाई घरमा कोही नभएका बेला जबर्जस्ती करणी गर्न खोज्ने एक जना रुपन्देहीको कञ्चन गाउँपालिकाबाट पक्राउ परेका छन् ।

पुस २१ गते साँझको समयमा शारीरिक रूपमा अपांगता भएकी र सुस्त मनस्थितप भएकी २३ वर्षीया महिलाको घरमा गई अरु कोही नभएको मौका छोपी जबर्जस्ती करणीको प्रयास गरेका थिए । इलाका प्रहरी कार्यालय सालझण्डीले ३० वर्षीय पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका-६ मा १५ वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्ने २५ वर्षीय युवक पनि पक्राउ परेको प्रहरीले जनाएको छ । आरोपी युवकलाई सुखौराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । किशोरीले छिमेकी महिलालाई बताएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ ।