कैलालीमा भीषण आगलागी हुँदा एक पसल र घर जलेर नष्ट

कैलालीमा भीषण आगलागी हुँदा एक पसल र घर जलेर नष्ट

धनगढी ।   कैलालीमा भीषण आगलागी हुँदा  पसल र घर जलेर नष्ट भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ पच्चिसघर बजार स्थित राती करिब २ बजको समयमा  नगेन्द्र चौधरीको १ तले घर र लक्ष्मण चौधरीले संचालन गरेको स्पर्ष सपिङ सेन्टर कपडा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बहुलियाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रमेश बहादुर शाहीको कमाण्डमा ८ जनाको टोली स्टना स्थल पुगेको थियो । दमकल, स्थानीय, सशस्त्र प्रहरीको सहकार्यमा आगो बिहान ४ः४५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।
आगलागीबाट पसलको दुई वटा कोठा, पसल भित्ररहेको सम्पुर्ण कपडा, अन्य सामान गरी ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए । 
आगलागीबाट मानविय क्षति भने हुन पाएको छैन् ।  आगलागी के कारण भएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।