सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन हुने

सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन हुने

धनगढी ।  सुदूरपश्चिम प्रदेश सभामा आगामी पुस २८ गते सभामुखको निर्वाचन हुने भएको छ ।
ज्येष्ठ सदस्य मानबहादुर रावलले यहि पुस २८ गते सभामुखको निर्वाचन गराउन सचिव देवबहादुर बोगटीलाई तयारी अघि बढाउन निर्देशन दिए । 

निर्वाचनका लागि छिट्टै सूचना निकाल्न सचिवलाई अनुरोध गरे । यसअघि माघ २ गते हुने भन्ने सूचना प्रवाह भएको थियो । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन सुरु भएको छ ।

आज प्रदेश सभा सञ्चालनको कानुन, सभामुखको निर्वाचनको कार्यतालिका र शुभकामना मनतब्य आदान प्रदान गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज  जैशीले बताए ।