‘वीर विक्रम २’ को नयाँ गीत “बाचा” बजारमा

‘वीर विक्रम २’ को नयाँ गीत “बाचा” बजारमा

“पिरतीको मिठो तिर्सना” को अपार सफलतापछि विर विक्रम २ निर्माण युनिटले आज दोस्रो गीत पनि रिलिज गरेको छ । नयाँ बर्षको उपहारस्वरुप निर्माण टिमले सो गीत रिलिज गरेको हो ।

“बाचा” बोलको उक्त गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको छ । गीतमा ताराकै संगित र सञ्चारकर्मी नरेश भट्टराईको शब्द रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्म मुख्य कलाकार पल शाह र बर्षा सिवाकोटी रोमाण्टिक अवतारमा देखिएका छन् ।