अख्तियारमा दार्चुलाका ८० उजुरी, स्थानीय तहका मात्रै ३३

अख्तियारमा दार्चुलाका ८० उजुरी, स्थानीय तहका मात्रै ३३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरमा दार्चुला जिल्लाका ८० ओटा उजुरी परेका छन् । 

आयोगले शनिवार दार्चुलामा गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा जिल्लाका ८० ओटा उजुरी अख्तियारमा परेको जनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरका सूचना अधिकारी नारायण प्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्दै गत आर्थिक वर्षका जिम्मेवारी सरी आएका र चालू आर्थिक वर्षको पुस पहिलो हप्तासम्म दार्चुलाका ८० उजुरी दर्ता भएको बताए । अख्तियारमा पर्ने उजुरीमध्ये अधिकांश स्थानीय तहका छन् । स्थानीय तहका मात्रै ३३ उजुरी परेको उनले बताए । 

जसअनुसार सबैभन्दा बढि १० उजुरी मालिकार्जुन गाउँपालिकाका अख्तियारमा छन् । यस्तै लेकम गाउँपालिकाका ८ उजुरी, महाकाली नगरपालिकाका ३, शैल्यशिखर नगरपालिकाका ३, नौगाड गाउँपालिकाका २, अपी हिमाल गाउँपालिकाका ४, दुहुँ गाउँपालिकाका ३, मार्मा गाउँपालिकाका १ उजुरी दर्ता भएका छन् । जिल्लाको व्याँस गाउँपालिकामा चालू आर्थिक वर्षमा १ उजुरी परेकोमा उजुरी फर्छयौट भएको जनाएको छ । 

स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानूनको पालना नगर्ने÷नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्तिले उजुरी बढेको देखिएको कार्यालयले जनाएको छ ।